हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

थाङ्का कलामा रमाउँदै विदेशी

 img_2955

असोज १७ , पोखरा : पोखरा घुम्न आउने पर्यटकको थाङ्का कला प्रति आकर्षण बढ्दै गएको छ । बौद्ध धर्मावलम्वीको धार्मिक संस्कारमा प्रयोग हुने नेपाली थाङ्का प्रति पर्यटकका आकर्षण बढेको हो ।

नेपालको उपहारको रुपमा थाङ्का किनेर लैजाने पर्यटकहरु पछिल्लो समय आफै थाङ्का आर्ट सिक्न थालेका छन् । पोखरा घुम्न आउने पर्यटक थाङ्का कला सिक्न निकै रुचाउँने गरेको पर्यटकलाई तीन बर्षदेखि थाङ्का कला सिकाउदै आएकी पोखराको लेकसाइडकी सोनु मोक्तानले बताइन् ।

चिनीया, कोरियन, जापानी, डच, लगाएतका देशका पर्यटकले बढि मात्रामा थाङ्का आर्ट सिक्ने गरेको उनले सुनाईन् । अन्य देशका पर्यटक पनि थाङ्का कला प्रति निकै आकर्षित हुने गरेको मेण्टल प्याराडाइज थाङ्का आर्ट वर्क सर्पमा पर्यटकलाई थाङ्का लेख्न सिकाउँदै गरेकी मोक्तानले बताइन् ।

भूकम्पपछि भने पर्यटकको आगमनमा कमी आउँदा थाङ्काको व्यापार घट्नुको सथै कला सिक्न आउने पर्यटक पनि निकै कम आएको उनले बताईन् । दोकानमै हामीहरुले थाङ्का आर्ट गरिरहेको देखेपछि पर्यटकहरु जिज्ञासु हुदै थाङ्का आर्ट सिक्न आउने गरेको उनले सुनाईन् । भूकम्पअघि बर्षमा १०÷१२ भन्दा बढि पर्यटकले थाङ्का कला सिक्ने गर्दथे अहिले त्यो संख्या घटेर बर्षमा मुस्कीलले ३ ÷४ जना सिक्न आउने गरेको उनले बताइन् ।

थाङ्का आर्ट सिकाएको ३ घण्टाको एक हजार लिने गरेको उनले जानकारी दिईन् । लामो समय सिक्नेहरुलाई भने केही डिस्काउण्ट गर्ने गरेका छौं उनले भनिन् । एक हप्ता देखि २/३ महिनासम्म थाङ्का कला सिक्ने पर्यटक आउछन् उनले भनिन् ।
पहिलो पटक थाङ्का कला देखेपछि आँखा त्यसैमा अडिएको २३ वर्षीय इज¥याली पर्यटक सिनाई ब्रकस्टेनले बताईन् । यसपछि आफै थाङ्का आर्ट सिक्न कस्सिएको थाङ्का कला सिक्दै गरेकी उनले सुनाइन् । काठ्माडौंको ठमेलमा पहिलो पटक थाङ्का कला देखेपछि त्यस कलाको रंगले आँखा अडिएको अडियै भएको उनले बताइन् । दुई महिना नेपाल घुम्न आएकी सिनाई पोखराको लेकसाईडको मेण्टल प्याराडाइज थाङ्का आर्ट वर्क सपमा ६ दिन देखि कला सिक्दै छन् ।

img_2953

आर्टमा सानैदेखि रुची थियो । रुची भएपनि पेशाले इज¥यालमा टे«कीङ् गाइड्को काम गर्ने भएकोले चित्र बनाउने फुर्सदै नमिलेको उनले सुनाईन् । पहिलो पटक नेपाल घुम्न आएकी उनि जिवनमै पहिलो पटक काठमाडौको ठमेलमा थाङ्का आर्ट देखेको बताइन् । नयाँ आर्ट देखेपछि घुम्ने समय कटाएर पोखरामा कला सिक्नमा लागेको उनले सुनाइन् । थाङ्का आर्टमा हुने रंग संयोजन निकै मन परेको उनले बताइन् । करिव एक हप्तामै आर्ट बनाउने कला टिपेकी सिनाई घर फर्केपछि फुर्सदका समय सदुपयोग गर्दै थाङ्का आर्टलाई निरन्तरता दिने बताईन् ।

नेपालमा रहदा थाङ्का आर्टमा रमाउँदा निकै आनन्द आएको अर्का पर्यटक रब मिसिरोस्की बताउँछन् । साढे दुई हप्ता थाङका बनाउँदाको आनन्द भुली नसक्नुको भएको उनको प्रतिक्रिया छ ।

नेपालबाट थाङ्का कला ठुलो परिमाणमा विदेशमा निर्यात हुर्दै आएको छ । सुती कपडामा काठको फ्रेम प्रयोग गरेर बिशेषगरी बुद्धका चित्र कोरिने थाङ्का पाँचौ शताब्दीमा विकास भएको बौद्धधर्मालम्बीहरु बताउँछन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution