हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

प्रचण्डको विरोधमा पार्टी भित्रै मोर्चा,डा. भट्टराईको सहयोग

काठमाडौं । बाबुराम भट्टराईले पार्टी छाडेपछि थोरै भए पनि चैन महसुस गरेका माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि फेरि तनाव थपिएको छ ।

दाहाललाई अहिले पार्टीको संगठनको घेराभित्र रामबहादुर थापा र घेरा बाहिर नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी सुरु गरेका छन् । पार्टी छाडेर नयाँ शक्तितिर लागेका भट्टराईले पनि भित्री रूपमा थापा र नारायणकाजीलाई दाहाल विरोधी मोर्चामा साथ दिएको चर्चा माओवादी वृत्तमा चल्न थालेको छ ।

प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि पार्टीमा कलह सुरु भएको छ । उनले भारतमा दीर्घकालीन प्रभाव पार्ने निर्णय केही गरेका थिएनन्, तर भारतसँग हस्ताक्षरित संयुक्त वक्तव्यका केही विषयलाई गम्भीर बनाएर नारायणकाजीले सार्वजनिक रूपमा प्रचण्डको सत्तोसराप गरिरहेका छन् ।

आफूलाई राष्ट्रवादी भन्ने तप्काले नारायणकाजीलाई वाहीवाही गरिरहेको छ । अर्कातिर संगठनको कमान्ड जिम्मा लिएका रामबहादुर थापाले पार्टीभित्र अध्यक्ष प्रचण्डको चर्को आलोचना गर्दै ‘प्रचण्डले नराम्रोसँग डुबायो’ भन्न थालेका छन् । पार्टी फुटाएर फेरि समाहित हुन आएका थापाको समूहले त गुटका विभिन्न चियाकफी बैठकहरूमा अध्यक्षसँग एकता गर्न आएर आफ्नो बचेखुचेको साख पनि समाप्त भएको भन्न थालेका छन् ।

थापाले पार्टीका विभिन्न पंक्तिमा अब प्रचण्डलाई एक्ल्याएर जानुपर्ने भन्दै आएका छन् । सार्वजनिक रूपमा प्रचण्डको बचाऊ गरे पनि पार्टी प्रवक्ता पम्फा भुसालसमेत विरोधी मोर्चामा दह्रोसँग उभिएकी छन् ।

प्रचण्डलाई नारायणकाजीबाट पहिले पनि खतरा थिएन । युद्धकालमा एकता केन्द्रमा रहे पनि उनलाई रसदपानी, दानापानी प्रचण्डले नै चलाउँदै आएका हुन्, प्रचण्ड निकट भन्छन् । अहिले नारायणकाजीलाई दानापानी पु¥याउने कृष्णध्वज खड्कालगायतका नेताहरू एउटै पार्टीमा छन् । पार्टीमा मिसिएपछि बेलाबेलामा मोहन वैद्य र बाबुराम विरोधका लागि प्रयोग हुँदै आएका उनले अहिले आफूलाई ‘सेकेन्ड म्यान’ दाबी गरेका छन्, तर दाहालले हो पनि भन्न सकेका छैनन्, होइन पनि भन्न सकेका छैनन् ।

प्रचण्ड भारत जानुभन्दा अगाडि विराटनगरको भारतीय फिल्ड अफिस बन्द गर्नुपर्ने, हस्तक्षेप बन्द गर्नुपर्ने भन्दै चर्को कुरा गरेका नारायणकाजीले उनी फर्केर आएपछि झन् चर्को स्वरमा प्रचण्डले देशै बेचेको सरह आरोप लगाइरहेका छन् ।

काजीको निकटता एमाले अध्यक्ष केपी ओलीसँग हिजोआज बाक्लिन थालेको चर्चाले प्रचण्ड निवासमा हल्लाखल्ला मच्चाएको छ ।

प्रचण्ड निकटस्थहरूको निष्कर्ष छ, ‘काजी न हाम्रो भए, न एमालेकै हुन सक्ने भए, न हिजोको एकताकेन्द्र मसाल नै ब्यूँताउन सक्ने भए । अध्यक्षलाई बदनाम गरेरै नेता भइरहने भए ।’ नारायणकाजी र थापा अहिले एउट धरातलमा उभिएका छन् । फरक यति हो, थापा सार्वजनिक रूपमा बोल्दैनन्, नारायणकाजीले बोल्न केही बाँकी राखेका छैनन् ।

यसैबीच, बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका २५ बुँदे वक्तव्यलाई राष्ट्रघात भन्दै विरोध गरेपछि उनी को हुन् भन्दै प्रचण्ड निकट नेताहरूले प्रश्न उठाएका छन् ,तरुणमा खबर छ। पछिल्लो समयमा नारायणकाजी र बाबुराम नजिकिएको चर्चासँगै नयाँ शक्तिका अभियन्ताको यस्तो कदम आएको छ ।

बाबुराम भारतीय कंग्रेस आईका तत्कालीन नेता सञ्जय गान्धीसँग निकट मात्रै थिएनन्, उनको अरु खाले सम्बन्ध पनि भएको चर्चा त कुनै समय बाबुराम निकट रहेका ऋषिकेश शाहले किताबमा गरिसकेका छन् । यदि त्यस्तो हो भने बाबुरामको विरोध भारतीय राजनीतिक अन्तरविरोधका कारण आएको भनेर बुझ्न कठिन छैन, प्रचण्ड निवासमा अहिले चलेको चर्चा यही हो ।
खबर स्रोत न्युज अभियान डटकम






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution