कास्मिरमा भारतीय सैनिक क्याम्प माथि ग्रिनेट र स्वचालित हतियार प्रयोग गरि अाक्रमण, दुर्इ सैनिककाे मृत्यु

नयाँ दिल्ली । भारत प्रशासित कास्मिरस्थित एक भारतीय सैनिक क्याम्पमा आक्रमण भएको छ ।आइतबार राति भएको सो आक्रमणलाई भारतले आतंकवाद्को संज्ञा दिएको छ ।घटनामा परि एक सैनिकको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
आक्रमणमा भारतीय अर्धसैन्य सुरक्षा बलका दुई सैनिक अधिकृत मारिएको र दुई घाइते भएको भारतीय प्रहरीले पुष्टि गरेको हो । प्रहरीले आतंकवादीले आक्रमणमा ग्रिनेट र स्वचालित हतियार प्रयोग गरेको जनाएको छ ।
यसअघि सेप्टेम्बर १८ मा १९ जना भारतीय सैनिक आतंकवादीद्वारा मारिएका थिए । भारतले उक्त आक्रमणमा पाकिस्तानी आतंकवादीको संलग्नता रहेको बताएको छ ।
कास्मिरको भू–भागमा आ–आफ्नो दाबीलाई लिएर भारत पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व चलिरहेको छ ।