हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

हङकङमा ‘ग्याङ फाइट’ गर्ने नेपालीमाथि गोली प्रहार

get_img-1

असोज १६,हङकङ:  हङकङको काउलोनस्थित जोर्डनमा ‘ग्याङ फाइट’ गर्ने नेपालीमाथि प्रहरीले गोली प्रहार गरेको छ। आइतबार बिहानै भएको ग्याङ फाइट र प्रहरीको गोली लागेर घाइते भएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ। गोली लागि एक जना नेपाली युवा गम्भीर घाईते भएको जनाईएको छ ।

भिडन्तस्थल नेपालीको बाक्लो बसोबास रहेको जोर्डनको पार्कस् स्ट्रिटलाई सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

स्थानीय एप्पल न्यूजले जनाए अनुसार आइतबार बिहान ६ बजे नै चक्कु र धारिला हतियार लिएका दुई नेपाली समूहबीच भइरहेको ‘ग्याङ फाइट’ रोक्न प्रहरीले कम्तिमा तीन राउण्ड गोली प्रहार गरेको थियो। ति युवाहरुबीच के कति कारणले झगडा भएको थाहा हुन सकेको छैन । यसै स्थानमा एक महिना अघि एकजना नेपाली युवामाथि छुरा प्रहार गरिएको थियो ।

हङकङ प्रहरीको भनाईमा बिहान बीच सडकमा साँघातिक हतियार बोकेर लडिरहेका एक दर्जन युवाहरुलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो। आफ्नै अगाडि हानहान गर्दै ट्याक्सी लिएर भाग्न खोजेपछि दुई जना प्रहरीले गोली प्रहार गरी नेपाली युवालाई नियन्त्रणमा लिएका थिए। जोर्डनस्थित प्रत्यक्षदर्शी एक नेपाली युवाका अनुसार एक जनालाई खुट्टा र अर्कोलाई पाखुरामा गोली लागेको छ। चक्कु हानाहानमा २ जना युवा गम्भीर घाईते भएको जनाईएको छ ।

get_img

नजिकको क्वीन एलिजावेथ अस्पतालमा उपचार भइरहेका उनीहरूको नाम खुलेको छैन।घटनास्थलमा रहेका एक प्रहरीले हङकङमा पछिल्लो समय नेपालीबीच बढेको ग्याङ फाइटमध्ये यो घटना निकै गम्भिर रहेको र त्यही अनुसार अनुसन्धान भइरहेको बताए। ग्याङ फाइट गर्ने नेपाली हङकङका स्थायी बासिन्दा भएको बुझिएको छ।

केही दिनअघि मात्र ब्याट्री स्ट्रिटमा ४ जना नेपाली युवाले ५१ वर्षीय चिनियाँ पसलेमाथि हातपात गरेका थिए । त्यो घटनाले स्थानीय चिनियाँहरु नेपाली युवामाथि क्रुद्ध थिए । ति युवालाई पक्राउ गर्न प्रहारमाथि दबाब परेको थियो।

हङकङमा ग्याङ फाइट गर्ने नेपालीमाथि गोली चलाईएको यो दोस्रो घटना हो। यसअघि २००५ मा आफुमाथि प्रहार गरेको आरोपमा प्रहरीले दिलबहादुर लिम्बुलाई गोली हानी मारेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution