तामाङ चलचित्र संघको अध्यक्षमा पुन:जेनिश दोङ तामाङ

असोज १५ – याम्बु । तामाङ चलचित्र संघको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशन द्वारा जेनिश दोङ तामाङलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ | अन्य पदाधिकारीहरुमा ४ जना उपाध्यक्ष क्रमशः सुकुमाया मोक्तान तामाङ, अमिर दोङ तामाङ , धोर्जे तामाङ, बिकु थोकर तामाङ ,महासचिव :जयन कुमार मोक्तान, सचिब : रोशन फ्युवा तामाङ , कोषाध्यक्ष: भुइसाल लामा तामाङ, सह-कोषाध्यक्ष: निशा लामा तामाङ र सदस्यहरुमा निर्मल स्याङतान तामाङ , कुमार मोक्तान तामाङ ,सागर घिसिङ तामाङ, गोपि लामा तामाङ, विशाल काल्तान तामाङ , निमा लामा तामाङ, दिपक लामा तामाङ , सुनिता लुङबा तामाङ , सीता लामा तामाङ , राधिका तामाङ गरि १९ जनाको कार्य समिती चयन गरेको छ ।
जापनको लागि पुर्व राजदुत डा. गनेश योन्जनको प्रमुख अथिती रहेको थियो भने कार्यक्रममा नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ तामाङ , आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवर, तामाङ संचार समुहका महासचिव बिष्णु मोक्तान तामाङ लगायतका अतिथिहरु उपस्थित रहेका थिए |