हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

विद्यार्थीले बनाए सौर्य उर्जाबाट चल्ने कार

solar-car
असोज १५, पोखरा : ईन्जियिरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखराका विद्यार्थीले सौर्य उर्जाबाट चल्ने कार निमार्ण गरेका छन् । मेकानिकल विभाग अन्तर्गत बिई अन्तिम बर्षका बिद्यार्थीले डेढ महिनाको परि श्रमपछि चार जनाको सिट क्षमता भएको कार निमार्ण गरेका हुन् ।

पोखराका सौगात कोइराला, हेटौडाका सुमीत ढकाल, नवलपरासीका राजन खनाल, बद्रियाका सागर अधिकारी, चितवनका प्रयास रिमाल, स्याङ्जाका कृष्णप्रसाद तिमिल्सिना, मोरङका खगेन्द्र कार्की र दोलखाका दिपेश कार्कीले करिव तीन लाखको लागतमा सौर्य उर्जावाट चल्ने कार बनाएका हुन् । आठ जना बिद्यार्थीले आफ्नै सृजना र लगानीमा कार निमार्ण गरेको बताए ।

बिद्यार्थीहरुले चेसीज र फ्रेम आफ्नै डिजाइनमा कलेजकै वर्क सपमा शिक्षकसँग सहकार्य गरि बनाएका हुन् । सौर्य उर्जाबाट चल्ने गाडीमा अरु गाडीको जस्तो इन्जिन हुदैन । इलेक्टिक भेकल भएकाले ९ सय वाडको डिसी मोटर प्रयोग गरेर बनाएको बिद्यार्थी सागर अधिकारीले बताए । कारको बडी कलेजको पुरानो कारलाई मोडीफाई गरेर बनाएको र केही सामान बजारबाट किनेको उनले बताए । अहिलको यो कार मोडल कार मात्र हो । ८ लाखमै हामीले व्यावसायीक डिलक्स कार नै बनाउन सक्छौ तर सरकारको सहयोग आवश्यक रहेको उनले बताए ।

नाकावन्दिपछि देशले भोग्नु परेको इन्धन अभावबाट आत्मनिर्भर हुनु पर्छ भन्ने भावनाले निशुल्क पाइने सौर्य उर्जाबाट चल्ने कार बनाउने सोच आएको बिद्यार्थी दिपेश कार्कीले बताए । यहि सोचले ८ जना साथीको मेहनतले डेढ बर्ष लगाएर कार बनाएको उनले सुनाए । यो कार नै नेपालमा बनेको पहिलो सौर्य उर्जाबाट चल्ने कार भएको बिद्यार्थीको दावी छ ।

सौर्य उर्जाबाट चल्ने कारको प्रयोगले पेट्रोल, डिजेलकालागि बाहिरीने रकम केही हदसम्म रोकीनुको साथै प्रदुर्षण कम भई वातावरण स्वच्छ राख्न सहयोगी पुग्ने बिद्यार्थी कृष्णप्रसाद तिमिल्सिनाले बताए । डिजेल, पेट्रोलबाट फाल्ने कालो धुवाको कारण स्वास्थ्यमा असर पर्ने भएकाले वातावरण मैत्री कारले वातावरण पनि स्वच्छ हुने उनले सुनाए ।

कारमा ९ सय वाटको डिसी मोटर र १२ भोल्टको एक सय वाटका चार ब्याट्री जडान गरिएको छ । कारमा एक सय ५० वाटको २ वटा सोलर प्यानलको प्रयोग गरिएको बिद्यार्थी समीर ढकालले बताए । चार जनाको सिट क्षमता भएको कार ३० किलोमिटर प्रतिघन्टा गति क्षमता भएको उनले जानकारी दिए । सौर्य र विद्युत दुबैबाट चार्ज गर्न मिल्ने यो कार दिनमा १६ घण्टा सौर्य उर्जामा चार्ज गर्दा ३ घण्टा चल्ने र बिद्युतवाट ६ घण्टा चार्ज गरे ६ घण्टा चल्ने बिद्यार्थी सौगात कोइरालाले सुनाए ।

राज्यले सहयोग गरे देशलाई परनिर्भरता कम गर्न डिलक्स सोलार कार तयार गरिने कोइरालाको भनाई छ । सौर्य उर्जाबाट चल्ने कार बनाउनु अघि वैकल्पिक उर्जा केन्द्र, बिज्ञान तथा प्रविधि प्रतिष्ठान र बिभिन्न मन्त्रालयमा धाउँदा पनि सहयोग नपाएको बिद्यार्थीको गुनासो छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution