बहुभाषिक कवि गोष्ठी

असोज १५ , नेपालगन्ज : विश्व अहिंसा दिवसको अवसरमा सामाजिक सदभाव तथा शान्तिका लागि बहु भाषिक कवि गोष्ठीको आयोजना गरिएको छ ।
युएनडिपीको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले गरेको कार्यक्रममा विभिन्न धर्म समुदायका करिब ३ दर्जन श्रृष्टाहरुले शान्ति र सामाजिक सदभाव र महात्मा गान्धी जयन्तीका सन्दर्भमा रचनाहरु वाचन गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मी, साहित्यकारहरु सच्चिदानन्द चौबै, विष्णुलाल कुमाल, डा विनोद कर्ण, श्यामान्नद सिंह, शुक्रऋषि चौलागाई, लोकबहादुर राना, मधु पौडेल, रुवी साई, मधईसिंह सरदार, असफाक संघर्ष, शिवप्रसाद पाठक, अब्दुल लतिफ सौक, सन्तोषी विष्ट, नसिम कादरी, सन्तोषी सिंह, शिशिर सापकोटा, शाहिदा शाह, कृपाराम गडरिया, कल्पना खरेल लगायतले आ आफनो रचना बाचन गरेका थिए । कार्यक्रममा सहभागिहरुले समुदायमा दिगो शान्ति स्थापना र सामाजिक सदभावको सन्देशमुलक रचनाहरु वाचन गरेका थिए ।
माहत्मा गान्धीको जयन्तीका सन्दर्भमा संकलन गरिएका विभिन्न चित्रहरुको प्रर्दशनी समेत गरिएको थियो ।