धुर्मुसले माफी मागे ! दसैंमा पनि बस्ती निर्माण नरोक्ने

असोज १५, काठमाडौं : गिरान्चौरको एकिकृत बस्ती पूर्वनिर्धारित समयमा सम्पन्न गर्न नसकेको भन्दै हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले माफी मागेका छन् ।
घटस्थापनाको दिन स्थानीयलाई हस्तान्तरण गर्ने लक्ष्यसहित बस्ती निर्माण सुरु गरिए पनि केही काम बाँकी रहेकाले हस्तान्तरण गर्न नसकेको भन्दै धुर्मुसले माफी मागेका हुन् । ‘सबै घर निर्माण गरे पनि केही काम बाँकी रहेकाले बस्ती हस्तान्तरण गर्न सकेनौं,’ ‘धुर्मुस–सुन्तली फाउन्डेशन’का अध्यक्ष समेत रहेका धुर्मुसले भनेका छन्, ‘सबै चिज जित्यो तर, प्रकृतिलाई जित्न सकेनौं । जेठदेखि अहिलेसम्म पानी पर्दा ढिलाई भएको छ ।’
दशैमा पनि काम नरोक्ने र गिरान्चौरमा नै दशैं मनाउने उनले संकल्प गरे । तिहार अगाडी नै बस्ती हस्तान्तरण गर्ने संकल्प व्यक्त गर्दै धुर्मुसले भने, ‘देश बनाउने अभियान हो ।’