हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

१४ वर्षपछि नेपाल फर्किएका सन्तबहादुर तामाङको अलैची

img_0697
असोज १४, लमजुङ : आर्थिक सम्वृद्धिको ठुलो सपना बोकेर १४ बर्षसम्म बैदेशिक रोजागारमा विताएका भुलभुले–९, लुदीका सन्तबहादुर तामाङ स्वदेश फिर्तापछि बसाईसरेर सदरमुकाम बेसीशहर झरे । बिदेशमा लामो समय बिताएपनि भनेजस्तो प्रगति हाँसील गर्न नसकेका उनले बेसीशहरमा पनि सोचेजस्तो प्रगति गर्न सकेनन् ।
गाउँगाउँमा फैलिएको अलैंचीखेतीको लहरसँगै परिवार सहित गाउँ फर्किएका उनले अहिले ३५ रोपनी क्षेत्रफलमा अलैंची लगाएका छन् । ‘अलैंची बेचेर अघिल्लो बर्ष ६ लाख रुपैयाँ लिएको थिएँ, उनले भने, ‘यस बर्ष कम्तिमा ९ लाख रुपैयाँ भित्रने अनुमान छ ।’
१२ बर्ष मलेसियामा बिताएर आएका कमबहादुर तामाङले पनि अहिले अलैंची खेती गर्न थालेका छन् । बसाईसरेर ङादीमा बस्दै आएको उनको परिवार पनि अलैंची खेतीको शुरुवातसँगै गाउँमै फर्किएको छ । ‘गाउँमा बाँझो रहेको सबै जग्गामा अहिले अलैंची लगाएका छौं, उनले भने, ‘अलैंचीबाट बार्षिक १० लाख भन्दा बढी रकम लिंदै आएको छु ।’
यी मात्रै होईनन, रोजीरोटी र सुखसयलको ठुलो सपना बोकेर बैदेशिक रोजगार र शहरबजारमा बसाईसराई गरेर गएका यहाँका १३ जनायूवाहरु अहिले गाउँमै फर्किएका छन् । गाउँमा ब्यक्तिगत र सामुहिक रुपमा शुरु गरिएको अलैंची खेतीले यूवाहरुले गाउँमा आकर्षित गरेको छ ।
व्यवसायिक रुपमा शुरु भएको अलैंची खेतीको अभियानले अहिले गाउँ फर्कनेहरु बढ्दै जान थालेका छन् । ‘गाउँमा ४२ घरधुरी थियो, बसाईसरेर जम्मा ७ घरधुरीमा सिमित भयो, स्थानीय परबहादुर तामाङ भन्छन, ‘अलैंची खेतीको शुरुवातसँगै अहिले गाउँमा १९ घरधुरी भएको छ ।’ बाँझो रहेको यहाँका जग्गाहरु अलैंची खेतीले भरिन थालेका छन् ।
img_0734
बसाईसराईले रित्तिन लागेको गाउँ अहिले जुर्मुराएको छ । ‘बिद्यार्थीको अभावमा झण्डै मर्ज हुने अबस्थामा पुगेको गाउँको लालीगुराँस प्राथमिक बिद्यालय पनि अलैंची खेतीको अभियानले रोकेको छ । बिकट मानिने लुदी गाउँमा स्थानीयले आफैं पैसा उठाएर गाउँमै सडक सञ्जाल पुयाएका छन् ।
अहिले लुदीगाउँमा झण्डै ४ सय रोपनी क्षेत्रफलमा अलैंची खेती गरिएको छ । अलैंची खेतीलाई ब्यवसायिक रुप दिएका यहाँका स्थानीय अब कृषि पर्यटनलाई बिकसीत गर्ने योजनामा छन् । सदरमुकाम बेसीशहरबाट २ घण्टाको सवारी र तिन घण्टाको पैदलयात्रा गरेपछि पुगिने लुदी गाउँलाई जिल्ला कृषि बिकास कार्यालय लमजुङले पकेट क्षेत्र घोषणा समेत गरेको छ ।
‘प्रबद्र्धन गर्न महोत्सव’
अलैंची खेतीको प्रचार प्रसार र प्रर्बद्धन गर्न स्थानीय कृषकहरुको समन्वयमा यहाँ पाँचौ अलैंची महोत्सब आयोजना भएको छ । ‘अलैंची गुणस्तर सुधार, हाम्रो साझा अभियान’ भन्ने मुल नाराका साथ भएको कार्यक्रममा कृषि राज्य मन्त्री राधिका तामाङले उद्घाटन गरीन् ।
अलैचीखेतीबाट आर्थिक सम्बृद्धि ल्याउन सकिने भएकाले सरकारले अलैंची खेतीको प्रबद्र्धनका लागि बिशेष महत्व दिएर लागिपरेको उनले बताईन् । ‘सरकारले प्रधानमन्त्री कृषि कार्यक्रम अन्र्तगत पकेट क्षेत्र र ब्लक तोकेर अलैंची खेतीको प्रबद्धन गर्न लागि परेको छ, उनले भनिन ।’
उनले किसानहरुहरुले उत्पादन गरेको अलैंची बिचौलियाको हातपर्ने रकम तिनकै हातमा पर्ने अबस्था अन्त्य हुनुपर्ने भन्दै त्यसका लागि कृषकहरु सचेत हुनुपर्ने उनले बताईन् । उनले कर्मचारीहरु बिचौलीयाको जालोबाट माथी उठेर कृषकको हितका लागि लाग्नुपर्नेमा जोड दिईन् ।
जिल्ला कृषि बिकास कार्यालय लमजुङ, लमजुङ उद्योग बाणीज्य संघ र अलैंची ब्यवसायी महासंघ लमजुङको संयुक्त आयोजना भएको महोत्सबमा सांसद लालबहादुर गुरुङ, जिल्ला कृषि बिकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारी, फार्मिङ फर हेल्थका प्रबन्ध निर्देशक नारायण ढकाल, अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई लगायतले अलैंचीको सम्भावनाबारे आ–आफ्ना धारणा राखेका थिए ।
अलैंची खेतीको राम्रो सम्भावना रहको लमजुङमा २०६८ सालदेखि अलैंची महोत्सवको आयोजना गरिन थालिएको हो । लमजुङको बाँझाखेत, घनपोखरा, खुदी, भुलभुले, गांैडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँका किसानहरुले अलैंची खेतीबाट मनग्य आम्दानी लिइरहेका छन् । करिब ८ सयदेखि १७ सय मिटर उचाइमा हुने अलंैची गर्मी र जाडोमा हुने दुईथरीका हुन्छन् । लमजुङमा हाल गोलसायी र रामसायी जातका अलैंची उत्पादन हुँदै आएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution