गौतम बुद्धको पन्ध्र दिव्य उपदेशहरू

गौतम बुद्धको पन्ध्र दिव्य उपदेशहरू
१. हजारौ युद्धहरू जित्नु भन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।
२. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
३. शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज ।
४. हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।
५. मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ ।
६. हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।
७. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।
८. हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराई जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।
९. आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनुपर्दछ, अन्यमा होइन |
१०. धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ ।
११. एउटा पुरै गाग्री थोपा थोपा पानीले भरिने हो ।
१२. घृणा घृणाद्वारा घट्दैन बल्कि यो प्रेमद्वारा घट्दछ, यो शास्वत नियम हो ।
१३. स्वास्थ्य सबैभन्दा महान् उपहार हो, संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।
१४. विगतमा ध्यान नदेउ, भविष्यको सपना नदेख,वर्तमानमा आफ्नो ध्यान लगाउ ।
१५. जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ति मिल्दैन ।