हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

छोरा खोज्न इजरायलबाट आमा नेपाल फर्के , छोरा अझै सम्पर्कबिहिन ….

%e0%a4%ae%e0%a4%be

असोज १३ – पैसा कमाएर परिवारलाई सुखी बनाउने सोच बोकेर वैदेशिक रोजगारीका लागि हिँडेका धेरैको परिवार अहिले पिडामा छ । भनेजस्तो कमाइ नहुँदाको पिडा त छँदैछ, कतिपयको राम्रै कमाइ हुँदाहुँदै पनि परिवार छिन्नभिन्न भएको छ ।

अर्घाखाँचीको नुवाकोट ४ घोराखरीका ठाकुर प्रसाद आचार्य र उहाँकी श्रीमती रिना आचार्य अहिले यस्तै समस्यामा हुनुहुन्छ । झन्डै १० वर्ष इजरायलमा कमाएको पैसाले सुख भन्दा धेरै पिडा दिएको छ । दिएको आनन्द भन्दा त्यही पैसाले परिवारलाई दिएको खुशी एकाएक लुटिएको छ ।
रिना १० वर्ष अघि केयर गिभरको रुपमा इजरायल पुग्नु भएको थियो । दुई वर्ष पछि उहाँका श्रीमान ठाकुर पनि इजरायल पुग्नुभयो । केयर गिभरकै रुपमा काम गर्न पुगेका ठाकुर आठ वर्ष काम गरेर गएको डेढ वर्ष अघि नेपाल फर्कनुभयो ।

इजरायल जानुअघि छोरा र छोरीले राम्रो पढुन भन्ने उद्देश्यले काठमाडौमा रिनाकी बहिनीको जिम्मामा छोडेर जानु भएको थियो । तीनकुनेमा रहेको भिएस निकेतनमा छोरा र नेपाल आर्मी स्कुलमा छोरीलाई भर्ना गरेर गएका उहाँहरुको छोरा र छोरीले राम्रै पढिरहेका थिए ।

छोराछोरीकै रेखदेखका लागि नेपालमै बस्ने सोचेर ठाकुर डेढ बर्ष पहिले नेपाल फर्किनु भएको हो । नेपाल आएर ठाकुरले आफूसँगै राखेर छोराछोरी पढाउदै हुनुहुन्थ्यो । उता इजरायलमै रहेकी रिनाको परिवारसँग नियमित सम्पर्क थियो । घरखर्च र छोराछोरी पढाउन रिनाले नै पठाउने गर्नुभएको थियो ।

गएको भदौ ३१ गते शुक्रबार साँझ ठाकुर र उहाँका १६ वर्षिय छोरा मनिषबिच सामान्य विवाद भयो, स्कुलमा तिर्नु पर्ने शुल्कका विषयमा । विषय सामान्य थियो । छोरा अचानक रिसाए । वुवाले सम्झाउने प्रयास गरिरहेका थिए ।

राती सुत्नुअघि विद्यालयमा तिर्ने शुल्कको बारेमा बाबुछोराबिच विवाद भएको थियो । छोरा मनिषलाई ठाकुरले विद्यालय पुगेर प्रिन्सिपल र अरु सरम्याडमसित आफैं कुरा गरेर समस्या समाधान गर्ने भन्दै सम्झाइरहनु भएको थियो । तर मनिषले बुवाको कुरा वास्ता गरेका थिएनन ।

असोज १ गते बिहान ४ बजे उठेर मनिष सर्ट पाइन्ट र जुत्ता लगाएर घरबाट निस्किए । मर्निङवाकमा गएको होला भनेर ठाकुरले खासै वास्ता गर्नु भएन । तर मनिष दिनभर घरमा नफर्किए पछि परिवारमा चिन्ता छायो । अर्को दिन पनि घर फर्किएनन । घर नफर्किए पछि ठाकुरले प्रहरीमा निवदेन दिनुभयो । प्रहरीले मनिषको खोजी गरिरहेको छ ।

हजुरआमा र बुवा अस्पतालमा

छोरा हराएपछि ठाकुरलाई हृदयघात भयो । उहाँलाई अस्पताल भर्ना गरिएको छ । नाती हराएको चिन्ताले हजुरआमा गएको एक हप्तादेखि वीर अस्पताल भर्ना हुनुभएको छ ।

छोरा हराएको र श्रीमान अस्पताल भर्ना भएपछि रीना इजरायलबाट नेपाल फर्किनु भएको छ । रिनाले सामाजिक सञ्जाल मार्फत छोरा मनिषलाई आफूलाई लिन एयरपोर्ट आउन भनेर अनुरोध गर्नुभएको थियो । तर मनिषले त्यसको कुनै वास्ता गरेनन ।

रिना नेपाल आएर बाबु अस्पताल भर्ना भएकोबारे फेरी सामाजिक सन्जालमा लेखेपछि मनिषले आफु सञ्चै राम्रै रहेको र स्कुल भर्ना भएर पढ्न थालेको भन्दै फेसबूकमा म्यासेज त गरे तर कहाँ कस्तो अवस्थामा कुन विद्यालयमा भर्ना भएको हो, केही जानकारी दिएका छैनन् ।

म्यासेजको अन्तिममा आफू घर फर्कन नसक्ने भन्दै मनिषले लेखेको देखेपछि रिना पनि बेहोस अवस्थामा हुनुहुन्छ । बुधवार होश खुलेपछि गहभरी आँशु झार्दै रिनाले भन्नुभयो ‘छोरो तिमी जहाँ छौ, मेरो लागि भए पनि एक पटक मुख देखाउन आउ । होइन भने अब हामी बाँच्नुको अर्थ के भयो ? तिम्रै भविष्य बनाउन विदेश गएँ, अहिले तिम्रै कारणले फर्किएकी छु । जसरी हुन्छ सक्दो छिट्टो घर फर्किदेउ ।’

ठाकुर र रिना सामाजिक अभियन्ता पनि हुनुहुन्छ । उहाँहरु इजरायलमा हुँदै अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चमा आवद्ध हुनुभएको थियो । उहाँहरुले सामाजिक सन्जालमार्फत आफ्नो छोरा खोजी गरिदिन अनुरोध गर्नुभएको छ । अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चका संयोजक राजु खड्काले खोजी अभियान सञ्चालन गरिएको बताउनुभयो । @ उज्जायालो अनलाइन |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution