हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

प्रतिबन्धित कुवेतमा नेपाली महिलाहरु कसरी पुग्छन् ? सरकारले लियो चासो

kuwait-1_

काठमाडौं—घरेलु कामदारको रुपमा अवैध रुपमा कुवेत पुग्ने र अलपत्र पर्ने महिलाको संख्या बढ्न थालेपछि सो विषयमा सरकारले चासो देखाएको छ। बुधबार मुख्य सचिव सोमलाल सुवेदीले सम्बन्धित मन्त्रालयका सचिवहरुलाई यो विषयको समाधान खोज्न निर्देशन दिएका छन्।
मुख्य सचिवले गृहसचिव लोकदर्शन रेग्मी, श्रम तथा रोजगार सचिव लक्ष्मण मैनाली, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साललाई कुवेतमा नेपाली महिला अलपत्र पर्नुको कारण र समाधान खुलाएर शुक्रबार आउन निर्देशन दिएका हुन्।

‘कुवेतस्थित नेपाली दूतावासले अवैध रुपमा आएका नेपाली महिलाहरुमाथि शोषणका घटना बढेको भनेर जानकारी गराएको छ’, मुख्यसचिव सुवेदीले नागरिकन्युजसँग भने, ‘सोही विषयमा समाधान खोज्ने प्रयासस्वरुप उहाँहरुलाई बोलाइएको हो।’

मानव तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा प्रहरीसँगको सेटिङ मिलाएर घरेलु कामदारको रुपमा महिला कुवेत पठाउने तथा दिल्लीबाट श्रीलंका हुँदै कुवेत पुर्‍याएका घटना सार्वजनिक भएपछि मुख्य सचिव सुवेदीले सरोकारवाला मन्त्रालयका सचिवलाई समाधानको उपाय पहिल्याउन निर्देशन दिएका हुन्।

सरकारले घरेलु महिला कामदारलाई वैदेशिक रोजगारीमा खाडी मुलुक जान रोक लगाएको छ।

प्रहरीले मानव तस्करीमा संलग्न केही दलालहरुलाई पक्राउ गरी कारवाही गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन र प्रहरी मानव तस्करका मतियार बन्दा सरकारी नीति कार्यान्वयन हुन नसकेको हो। अध्यगमन र प्रहरीले एक जनालाई विमानस्थलबाट कटाए बापत ६० हजार रुपैयाँ लिने गरेको यसअघि पीडितले बताएका थिए।

कुवेतस्थित नेपाली दूतावासका अनुसार मानव तस्करले ल्याएका नेपाली महिलाको संख्या पछिल्लो समयम बढ्दो छ।

‘दिल्ली र श्रीलंका मात्र होइन सिधै काठमाडौं विमानस्थल रुट प्रयोग गरी आउने महिलाहरुको संख्या पनि उल्लेख्य देखिएको छ’, कुवेतस्थित नेपाली दूतावास स्रोतले भन्यो, ‘घरेलु कामदार महिलामाथि मालिकले गर्ने यौन शोषण र अमानवीय दुर्व्यवहारका घटना बढ्न थालेपछि सरकारलाई जानकारी गराएका हौं।’

मालिकबाट हुने अमानवीय घटनाका कारण महिला कामदार भाग्ने, भिषा सकिएपछि अवैधानिक रुपले बस्ने तथा काम पाएकाहरुको हकमा पनि जोखिम देखिएको भन्दै दूतावासले यो विषयमा परराष्ट्रलाई जानकारी गराएको थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution