गोर्खा ल्याण्ड माग गर्दै बन्द, बन्द सफल भएको मोर्चाको दावी

असोज १२, दार्जिलिङः पश्चिम बंगाल सरकारले दमनको नीति अघि सारेको भन्दै गोरखा जनमुक्ति मोर्चाले बुधबार आह्वान गरेको बन्दले दार्जिलिङ सुनसान बनेको छ ।
स्वाभिमानी, जातिप्रेमी पहाड़वासीको सहासिक योगदानका कारण बन्द सफल भएको मोर्चाले जनाएको छ ।
पश्चिम बंगाल सरकारले बन्दअसफल पार्न दवाव दिएपनि सरकारी कर्मचारी र व्यवसायीको सहयोगका कारण बन्द सफल भएको मोर्चाका अध्यक्ष विमल गुरुङले बताए ।
बंगाल सरकारको चेतावनी झेलेर पनि आफ्नो जाति अनि पहाड़को स्वाभिमानको खातिर बुधबार होटेल व्यवसायी, व्यापारीवर्ग अनि वाहन सेवासित सम्बन्धित कर्मचारीहरूले बन्दको समर्थन गरेपछि सफल भएको अध्यक्ष गुरुङले बताए । गुरुङका अनुसार व्यावसायिक लाइसेन्स क्यान्सिल गर्ने, रोड(पर्मिट क्यान्सल गर्ने जस्ता तानाशाहीपूर्ण चेतावनी बंगाल सरकारले जारी गरेतापनि हाम्रा मानिसहरूले बंगालको तानाशाही नीति अनि अतिक्रमणको उचित जवाफ दिएका छन् ।
उनले बन्दको सफलताले पहाड़वासीको तर्फबाट गोरखाल्याण्डको माग र गोरखालीको एकतालाई हजार षड़यन्त्रपूर्ण प्रयत्नहरूले तोड़्न नसकिने बंगाल सरकार अनि मुख्यमन्त्री ममता व्यानर्जीलाई बन्दले जवाफ दिएको टिप्पणी गरे ।