हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

श्रीमान बिदेशमा , स्वदेशमा श्रीमती लाखौ रुपिया लिएर बेपत्ता

prawas

असोज ११ – दुई महिना अघि मात्र विदाईका आँशु वगाउँदै श्रीमानलाई छिट्टै फर्किनु होला है भन्दै छिप्लो घसेकी श्रीमति विभिन्न संघसंस्था र व्यक्तिहरु संग लाखौं ऋण काढेर घरबाट बेपत्ता भए पछि गुल्मीका एक दलित युवा दुई महिनामै विदेशबाट घर फर्किन बाध्य भएका छन् ।

हर्दिनेटा गाविस वडा नम्वर ८ वाँसखर्कका ३२ वर्षिय रामबहादुर नेपाली श्रीमति वेपत्ता भएको र घरमा स–साना वालवालिकाहरुको विचल्ली भए पछि महिनामै घर फर्केका हुन् । गुल्मीकै नयाँगाउँमा माईती घर भएकी उनकी २९ वर्षिया श्रीमति दुर्गा नेपाली भदौं २९ गते देखि घरबाट बेपत्ता भएको पिडित नेपालीले बताए ।

त्यस दिन विहान करिव ९ वजेको समयमा छोरा छोरीलाई स्कुल जाउ भनेर घरबाट हिडेको बताईएको छ । यस अघि पनि दुवईको सारजामा दुई तिन पटक आवत जावत गर्ने नेपाली दुई महिना अघि मात्र घर आएर गएको बताउँछन् । घरमा ८ वर्षका एक छोरा र १० वर्षकी एक छोरी छाडेर ३ वर्षको काखका एक छोरा लिएर घरबाट हिडेपछि उनको फोन स्वीचअफ हुन छाडेकोले माईतीमा सम्पर्क गरिएको र तिजमा उनि माईतीमै रहेको जानकारी परिवारले दिएको उनले बताए ।

घरमा रहेको पाठो समेत वेचेको र धेरै संघ संस्थाबाट र श्रीमानले ऋण तिर्न पठाएको रकम सहित ६ लाख रुपैयाँ हिनामिना गरेको आरोप श्रीमानले लगाएका छन् । उनले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी समेत दिएको बताए ।

यस सम्वन्धमा ति महिलाको माईती घर नयाँगाउँ ६ मा सम्पर्क राख्दा उनकी आमा रुपा नेपालीले छोरी तिजमा आउदा आफुहरुले नचिनेको मान्छे संगै लिएर आएको बताईन् । हामीले चिनेका थिएनौं एउटा केटा संगै आयो दरखाने दिन र पञ्चमीका दिन सम्म वसेर संगै गएका हुन् उनले भनिन् छोरीले फुवु पर्नेका छोरा हुन् भने पछि विश्वास गरेर राखेका हौं । निज युवाले आफ्नो मावली गुल्मीकै विरवास बताएको र घर वुटवल बताएको उनले बताईन् ।

उक्त युवाले गाडी चलाउने काम गर्छु भनेको उनको भनाई छ । तिज जस्तो चाड पर्वमा छोरी संगै आएको मान्छेलाई स–सम्मान राखेर छोरी संगै पठाएको दोश्रो दिन म घर आएर छोरी विरामी परेर उपचार गर्दै छु भनेको तर दोश्रो दिन देखि मोवाईल स्वीच गरेर छोरीले पिर चिन्तामा पारेको उनकी आमाले बताईन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution