हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

व्यस्त बजारबाट चोरियो २५ लाख

OLYMPUS DIGITAL CAMERA

असोज ११, विराटनगर : विराटनगरको व्यस्त बजार बुधहाटचोकस्थित हनुमान मन्दिरनजिकै रोकेको बलेरो गाडीबाट दिनदहाडै २५ लाख रुपैयाँ चोरी भएको छ । २४ घण्टै प्रहरीको तैनाथ हुने उक्त ठाउँबाट भएको उक्त चोरीलाई प्रहरीले ‘नाटकीय’ घटनाको संज्ञा दिएको छ ।

तेह्रथुमबाट दशैंका लागि नयाँ नोट साट्न तेह्रथुमको बसन्तपुरस्थित माउण्ट मकालु डेभलपमेन्ट बैंकको शाखा कार्यालयका कर्मचारीहरू– चालक वीरबहादुर लिम्बू र सिनियर असिस्टेन सुमन लिम्बू विराटनगरस्थित नेपाल राष्ट्र बैंक आएका थिए । विराटनगरको जलजला चौकमा रहेको माछापुच्छ्रे बैंकबाट पैसा निकालेर साट्नका लागि राष्ट्र बैंक जाने तयारी गरिरहेका बेला पैसा चोरी भएको उनीहरुले बताएका छन् ।

‘पैसा निकालेर बी प्लट पुग्दा एक्कासि घाँटी चिलायो । घाँटीमा डाबर नै डाबर आयो,’ बैंकका सिनियर असिस्टेन सुमन लिम्बूले भने, ‘झुस बिजेको जस्तो लाग्यो । पैसा हालेको झोला गाडीमा राखेर नजिकै रहेको ट्युबेलमा घाँटी धोएर फर्कदा गाडीको सिसा फुटाएर पैसा चोरी भएको थाहा भयो ।’

वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी संजयसिंह थापाले रोकिएको को १ त ८०१९ नम्बरको बलेरो गाडीको चालक बस्नेभन्दा देब्रे सिटको सिसा फुटाएर जेब्रा झोलामा राखेको २५ लाख रुपैयाँ अज्ञात समूहले चोरी गरेको भनिएको घटनालाई प्रहरीले शंकास्पद रुपमा हेरेको बताए । ‘गाडीको सिसा फुटाएर पैसा चोरी भयो भनिएको छ,’ उनले भने, ‘बाँकी कुरा अनुसन्धानबाट खुल्दै जाने छ ।’ उनले प्रहरी घटनास्थलमा पुग्दा सिसा फुटेको अवस्थामा पैसा राखेको भनिएको गाडी पार्किङ थियो । उक्त गाडी जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

गाडीको सिसा फुटाएर पैसा चोरी गर्नेको कुनै पनि हुलिया नभएको प्रहरीको भनाइ छ । ‘व्यस्त बजारमा पैसा चोरी गरेको देख्ने पनि कोही छैनन्,’ थापाले भने, ‘प्रहरीले वरिपरिका सबैसँग सोधीखोजी पनि गरिरहेको छ ।’ उनका अनुसार घटनामा संलग्नलाई नियन्त्रणमा लिन भने सकिएको छैन ।

प्रहरीले पैसा कसरी चोरी भयो भनेर पूर्ण रुपमा खुल्न नसकेका कारण घटनालाई संकास्पद रुपमा हेरिएको जनाएको छ । ‘घटना भएको देख्ने कोही पनि नभएका कारण थप जानकारी पाउन कठिन भइरहेको छ,’ डीएसपी थापाले भने, ‘हामीले सबै कोणबाट अनुसन्धान थालिसकेका छौं । कस्तो मानिसले सिसा फुटाए भन्ने विषयमा खोजी भई रहेको र नजिकैको सीसी टिभी फुटेजबाट हेरेर पत्ता लगाउने तयारी भइरहेको छ ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution