तामाङ सोसाइटी अफ अमेरिकाको बधाई कार्यक्रम, तीन सदस्य मनोनीत

असोज ११, काठमाडौं : तामाङ सोसाइटी अफ अमेरिकाको नयाँ पदाधिकारले आइतवार जाक्सनहाइटमा धन्यवाद तथा बधाई कार्यक्रममा गरेका छन् ।
कार्यक्रममा विभिन्न पेशामा आबद्ध तामाङ बुद्धिजिविहरुको भेला भएको थियो । भेलामा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष लुइसाङ तामाङले सिँगो तामाङ समुदायको हितका लागि विश्वभरि छरिएर रहेका तामाङहरुबीच एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
तामाङ सोसाइटीको निर्वाचनको समयमा भएको छलफल तथा विवादले झन तामाङहरुलाई एकता र सहकार्य गर्न मदत पुगेका फिप्नाका अध्यक्ष तामाङले बताए । तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नु अहिलेको नेतृत्वको चुनौती र अवसर दुवैको रहेको अध्यक्ष वाइवाले बताए ।
कार्यक्रममा सोसाइटी पूर्व अध्यक्ष राम तामाङ, इन्द्र तामाङ, भरत मोक्तान र निवर्तमान अध्यक्ष सुर्य पाख्रिन र संस्थापक अध्यक्ष सुवास लामाले नयाँ कार्य समितिलाई बधाइ तथा सोसाइटीको हितका लागि काम गर्न सुझाव दिए ।
कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सचिव भोजराज थोकर, सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष वंशलाल मोक्तान र एनआरएन अमेरिकाका सल्लाहकार वीआर लामाले शुभकामना तथा बधाई दिएका थिए । सोही कार्यक्रमको अवसरमा सोसाइटीका अध्यक्ष शान्त थोकरले पूर्व सहकोषाध्यक्ष प्रेम थोकर र ब्रजेश लामालाई कार्य समिति सदस्यमा मनोनयन गरेका छन् । भने सानुमाया तामाङलाई सहकोषाध्यक्षमा मनोनयन गरेका छन् ।