पूर्वगृहमन्त्री चढेको जीप दुर्घटना ३ जना मृतक र वेपत्ताको पहिचान खुल्यो(अपडेट)

चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको जीप दुुर्घटनामा परी मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा घिमेरेकी आमा चैतन्य कुमारी घिमिरे, प्रहरी सई रामचन्द्र कार्की र नारायण काफ्ले रहेका छन् ।
त्यस्तै वेपत्ता हुनेमा पूर्व गृहमन्त्री घिमिरेसहित भाई मोहन घिमिरे र प्रकाश घिमिरे रहेका छन् ।
मुक्तिनाथबाट पोखरा हँदै काठमाडौं आइरहेको बा ९ च १५३१ नम्बरको जीप मुग्लिन नजिकै दिउसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका चालक विष्णु राईलाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।