अन्तरास्ट्रिय नेपाली समाज इजरायलको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

तेज श्रेष्ठ – नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तरास्ट्रिय नेपाली समाज इजरायलले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम २३ सेप्टेम्बर २०१६ (शुक्रबार)बेलुका तेलअभिब स्थित लेविनेस्की ९९ नया बिल्डिंगको कार्यक्रम हलमा भव्यताको साथ सम्पन्न गरेको छ |
अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलका संयोजक बी बी लामा तामाङको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नयाँ शक्ति नेपाल केन्द्रिय सदस्य, विदेश बिभाग प्रमुख ,पुर्बमन्त्रि हिसिला यमी , बिशेष अतिथिहरु इजरायल स्थित नेपाली दुताबासका कार्यबाहक राजदुत रामेश्वर पौडेल र एनआरएन इजरायलका अध्यक्ष दिपक ओली , अतिथिहरुमा नेपाली दुताबास इजरायलका सहचारी भोज कुमार भट्टराई लगायत इजरायल अबस्थित बिभिन्न राजनैतिक,सामाजिक र धार्मिक संघसंस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु र बिभिन्न अनलाइन मिडियाकर्मीहरु रहनु भएको थियो | कार्यक्रममा इजरायलवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुको सहभागिता उल्लेखनिय रहेको थियो |
कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि यमीले संबिधान नमान्नेले भत्ताकै लागि संसद छोड्न नसकेको र राजनैतिक दलहरु सत्ता लिप्सामा रहेको बताउनु भयो | उहाले आफ्नो नाममा नङ भित्र अटाउने माटो पनि नभएको र आफुलाई भ्रस्टचारी भनि बदनाम गर्नेलाई अदालतले सजायं दिईसकेको बताउनु भयो | देशको बिकाश समृदिकै लागि नयाँ शक्ति पार्टी जन्मिएको कुरालाई प्रस्ट पार्दै सबै नेपालीले सोच्नु पर्ने बेला आएको बताउनु भयो | कार्यक्रममा बिशेष अथिति एनआरएन इजरायलका अध्यक्ष दिपक ओली ,इजरायल स्थित बिभिन्न राजनैतिक दलका प्रवास संगठनहरु नेपाली जनसम्पर्क समिति इजरायलका सभापति दिपेन्द्र थापा,प्रवासी नेपाली मंच इजरायलका महासचिव सोम प्रसाद चौलागाई र संघीय समाज इजरायलका अध्यक्ष सुन्दर सिह लामा तामाङले आ- आफ्ना भनाई राख्नु भएको थियो |
संस्थाका सह संयोजक तेज बहादुर श्रेष्ठले संचालन गरेको कार्यक्रममा संस्थाका कार्यकारी सदस्य एवं प्रवास प्रादेशिक समितिका सदस्य तारा ढकालले स्वागत मन्तब्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो भने संस्थाका अर्का सह संयोजक शंकर कुमार पौडेलले नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तरास्ट्रिय नेपाली समाज इजरायलको गठन र यसको औचित्य प्रस्ट्याएका थिए |
यसैगरी नेपाली दुताबास इजरायलका कार्यबाहक राजदुत रामेश्वर पौडेलले शुभेच्छा मन्तब्य दिनुभएको थियो |उक्त कार्यक्रममा आयोजक अन्तरास्ट्रिय नेपाली समाज इजरायलले नेपाली जनताको राजनीतिक ,आर्थिक र सामाजिक स्वतन्त्रता प्राप्तिको लागि युगन्ताकारी परिवर्तन संगै संघिय गणत्रान्त्रिक नेपालको स्थापनामा अतुलनीय योगदान प्रदान गन्रु भएकोमा हिसिला यमीलाई स-सम्मान कदर पत्र हस्तान्तरण गरिएको थियो | यसै गरी प्रवासी भुमि इजरायलमा रही अनरबत रुपमा नेपाली समुदायका हकहित र दुखपिडामा अमुल्य योगदान पुर्याउनु हुने मन्जु गुरुङ (नेहासाइराम ) र बिमला खतिवडा (नितु ) लाई नेतृ यमीको हातबाट कदरपत्र प्रदान गरि सम्मान गरेको थियो | साथै कदर गरिएका दुवै व्यक्तित्वहरुले आफ्ना भनाइहरु पनि राखेका थिए | अन्तमा , कार्यक्रमका सभापति तथा अन्तरास्ट्रिय नेपाली समाज इजरायलका संयोजक बी बी लामा तामाङले कार्यक्रम सफल बनाउन सहभागी जनाउने सबैलाई धन्यबाद दिएका थिए |