बेल्जियममा खेन रिन्पोछे गेशे ङिमा तामाङबाट मोलम तथा प्रबचन सम्पन्न

बेल्जियम स्थित लुभेन ,ब्रुगे र आन्त्रपेन शहरहरूमा तामाङ समाज बेल्जियमको आयोजनामा तामाङ बौद्ध महासंघ नेपालका केन्द्रिय अध्यक्ष धर्मगुरु खेन रिन्पोछे गेशे ङिमा तामाङबाट मोलम तथा प्रबचनका साथै भेटघाट कार्यक्रम सम्पन्न गरेको छ |
कार्यक्रममा गुरु तामाङ रेन्पोछेले बुद्धको मार्गमा अग्रसर भई रीस , राग , हिँसा , डाह र मोह आदिलाई त्यागेर स्वच्छ मन बचन र कर्मले शान्तिपूर्ण जीवन यापन गर्न बुद्धले दिनु भएको बाणी र उपदेशलाई मुल्याङ्कण गरि दैनिक जीबनमा पालन गर्दै अगाडि बढ्न सकेमा सबैको कल्याण हुने भन्नुभयो।
प्रबचनमा तामाङहरू जन्मजात बौध्दमार्गी हुन् तर विभिन्न कालखण्डमा राज्यसत्ताको कारण हिन्दु संस्कार अबलम्बन गर्न बाध्य तुल्याईएका हामि तामाङहरूले बिभिन्न चाडपर्ब मनाए तापनि प्रतिकुलताका बावजुद जन्मदा न्वारन र मर्दा घेवामा भने लामा गुरूबाट नै कार्य गर्ने प्रथाको निरन्तरता भईरहेको परिबर्तित अबको दिनहरुमा तामाङकोसंस्कार , संस्कृति र पहिचानलाई जिबन्त राख्नको निमित्त बौध्द बिधि अनुरुप आगाडि बढ्नु बाहेक अरु बिकल्प नरहेको तथ्य प्रष्ट पार्नु भऐको थियो।
त्यसैगरी ल्होछार पर्बको सम्बन्धमा नेपालमा मनाईरहेको तोला,सोनाम र ग्याल्मु ल्होछारलाई तथ्यगत आधारमा एकरुपत्ता ल्याउनु
सकेमा विभाजित र क्षिण भएर गईरहेको बौध्द मार्गिहरु शत्तिशालीमा परिणत हुने छ भन्नुभयो। यसको लागि सबै पक्षको संयम , धैयता , आपसी सहयोग र सदभावको आबस्यक रहेको औल्याउनु भयो।
आफ्नो अमूल्य समयको बावजूद निमन्न्रणा स्विकारदै वौध्द धर्मबारे केही जान्ने अबसर उपलब्ध गराईदिनू भएकोमा धर्म गुरु खेन रिन्पोछे गेशे ङिमा तामाङ प्रति तामाङ समाज बेल्जियम द्वारा मोलम तथा प्रबचन कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए |