तामाङ राष्ट्रिय परिषद नेपाल (नयाँ शक्ति)को प्रथम राष्ट्रिय भेला भव्य रुपमा सम्पन्न

काठमाडौं । तामाङ राष्ट्रिय परिषद नेपालको प्रथम राष्ट्रिय भेला हिजो अर्थात् असोज ६ गते भव्य रुपमा सम्पन्न भएको छ । भेलाबाट सुवास तामाङको संयोजकत्वमा १५१ सदस्यीय तामाङ राष्ट्रिय परिषदको केन्द्रीय समिति गठन गरिएको छ ।
भेलाको प्रमुख अतिथी तथा नयाँ शक्ति पार्टीका केन्दीय संयोजक डा.बाबुराम भट्टराईले उद्घाटन गर्नु भएको थियो ।
भेलाले तामाङ राष्ट्रिय परिषदको केन्द्रीय समिति संयोजकमा सुवास तामाङ र ८ जना सह–संयोजकहरुमा खड्कबहादुर जिम्बा , जोशीमाया तामाङ, राजीव लामा, पासाङ निमा तामाङ, मंगल तामाङ (नवलपरासी), भिम बहादुर तामाङ, निमा डिङ्डुङ् (सिन्धुली), नविन्द्र तामाङ रहनु भएको छ ।
भेलाको प्रमुख अतिथी नयाँ शक्ति पार्टीका केन्दीय संयोजक डा.बाबुराम भट्टराई हुनुहुन्थ्यो भनें तामाङ राष्ट्रिय परिषद भेला केन्द्रीय संयोजक सुवास तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।
भेलामा देशका सबै जिल्लाबाट प्रतिनिधी तथा पर्यवेक्षकहरु आउनु भएको थियो भनें सैयौंको संख्यामा समर्थक तथा शुभचिन्तकहरुको पनि उल्लेख्य उपस्थिती रहेको थियो ।
भेलालाई नयाँ शक्तिका केन्द्रीय सहसंयोजक रामचन्द्र झा, संगठन विभागका प्रमुख देवेन्द्र पौडेल तथा वरिष्ठ आदिवासी जनजाति नेता तथा नयाँ शक्ति पार्टि नेपालका वरिष्ठ नेताहरु पर्शुराम तामाङ र पासाङ शेर्पाले सम्बोधन गर्नु भएको थियो ।