नयाँ शक्ति नेपालको अनुशासन आयोग प्रमुखमा परशुराम खापुङ

काठमाडौं । नयाँ शक्ति नेपालको अनुशासन आयोग प्रमुखमा परशुराम खापुङ नियुक्त भएका छन् । पार्टीका संयोजक डा. बाबुराम भट्टराईले खापुङलाई अनुशासन आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिएको पत्र दिएका छन् ।
खापुङलाई पार्टी विधानको धारा ६ः६ः५ तथा अनुशासन आयोग (कार्यव्यवस्था) नियमावली २०७३ को नियम ३ः२ अन्तर्गत गठित अनुशासन आयोगको प्रमुख आयुक्तमा नियमावलीको नियम ३ः३ तथा ८(क) बमोजिम नियुक्त गरिएको नयाा शक्ति नेपालले जनाएको छ ।