राम बहादुर बोम्जन तामाङ पछि फेरि अर्को नव-तपस्वी प्रतिप योन्जन तामाङ पिपलको रुखमुनी फेला

काभ्रे – २०७३ | दोलखा , सिन्धुपाल्चोक , रामेछाप र काभ्रेपलान्चोक जिल्लाको संगम स्थल वाफल खोला र चौरी खोलाको चौ दोभानको एकान्त ठाँउको एक पिपल रुखमुनी सिन्धुपाल्चोक जिल्ला ठुलो धादिङ वडा नम्बर ७ टाडि स्थायी घर भएका बिष्णु योन्जन तामाङको २१ बर्षीय एक मात्र छोरा तपस्पी – प्रतिप योन्जन तामाङ ध्यानमा बसीरहेको भेटिएको छ |
तामाङ बुद्धिस्ट महा राम बहादुर बोम्जन तामाङ जस्तै फेरि अर्को नव-तपस्वी प्रतिप योन्जन तामाङ फेला परेको हो |
भाद्र ३१ गते पुर्णिामाको दिन देखि काभ्रेपलान्चोक जिल्ला नाग्रे गगर्चे वडा न:-८ स्थित वाफल खोला र चौरी खोलाको दोभानमा स्थानीयहरुले गाईबस्तु चराउन जाँदा फेला परेको बिष्णु प्रधान बताएको छ | तपस्पी तामाङले आफ्नो नजिक कोहि कसै नबस्ने / नआउन आग्रह गरेपछि अहिले त्यस क्षेत्रका स्थानीय बिष्णु प्रधानको संयोजनमा युवाहरुले सुरक्षाको प्रदान गरीरहेका छन् |