हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

बौद्धनाथ पुनर्निर्माण रोक्न चलखेल, पुनर्निर्माण कुनै पनि हालतमा नरोक्न मन्त्रीको निर्देशन

काठमाडौं – बौद्ध क्षेत्रका संघसंस्था र नागरिक समाजका अगुवाहरूले भूकम्पबाट क्षतिग्रस्त बौद्ध स्तूपको पुनर्निर्माणमा अवरोध पुर्‍याउन चलखेल भइरहेको भन्दै मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएका छन् । जापानका लागि पूर्वराजदूत गणेश योञ्जनको नेतृत्वमा गएको टोलीले मन्त्रीसमक्ष बुझाएको ज्ञापनपत्रमा ‘धार्मिक सदभाव भँडाउने नियत राखेर बौद्धमा केही तत्त्व सक्रिय भएको’ उल्लेख गरेको छ ।

पुनर्निर्माण रोक्न चलखेल गर्नेलाई कारबाहीको मागसहित नेपाल बौद्ध महासंघ, नेपाल तामाङ घेदुङ, बौद्ध जागरण केन्द्र, भुवाल डाँडा युवा क्लब, तामाङ बौद्ध महासंघ, सरस्वती नगर सुधार संघ लगायत संघसंस्थाले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । ‘पुनर्निर्माण रोक्न र सामाजिक–धार्मिक सदभाव बिथोल्न केही तत्त्व परिचालित भएको देखियो,’ योञ्जनले भने, ‘बौद्धमै नभएको छद्म मान्छेको नामबाट विभिन्न अनलाइनमा पुनर्निर्माणसम्बन्धी दुस्प्रचार भइरहेको पाएपछि हामी सम्बन्धित निकायमा आएका हौं ।’ उनले गलत प्रचार गर्ने मिडियाबारे सप्रमाण प्रेस काउन्सिलमा उजुरी दिएको बताए ।

ज्ञापनपत्र बुझेपछि मन्त्री शाहीले ‘पुनर्निर्माण कुनै पनि हालतमा नरोक्न र अघि बढाउन’ निर्देशन दिए । ‘त्यहाँ के भइरहेको छ, हामीले पनि गम्भीर अब्जर्बेसन गरिरहेका छौं,’ उनले भने, ‘तपाईंहरू काम नरोक्नूस्, अगाडि बढ््नूस् ।’

गत वैशाख १२ र त्यसपछिका परकम्पले क्षतिग्रस्त बौद्ध स्तूपको स्थानीय बासिन्दा र संघसंस्थाकै पहलमा पुनर्निर्माण थालिएको हो । यसको संयोजन बौद्धनाथ क्षेत्र विकास समितिले गरिरहेको छ ।

समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले पुरातत्त्व विभागको स्वीकृति, सिफारिस र निगरानीमा पुनर्निर्माणसम्बन्धी काम भइरहेको जनाए । पुनर्निर्माणको लागत १८ करोड छ । समिति र स्थानीय संघसंस्थाको पहलमा १४ करोड रकम उठेपछि पुनर्निर्माण थालिएको हो । भूकम्पपछि पुनर्निर्माण थालिएको यो नै पहिलो विश्व सम्पदा हो । समितिले यसको पुनर्निर्माण केही महिनामै सकिने जनाएको छ । @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution