घरबाट दिदी भेट्न भनि हिडेका रामबहादुर तामाङ मृत अवस्थामा फेला

रामेछाप – घरबाट दिदी भेट्न भनि गएका रामेछापको राकाथुम ३ का रामबहादुर तामाङ मृत अवस्थामा फेला परेका छन् ।
उनि दिदी भेट्न पाँच दिन अघि रामेछापकै भिरपानी पानी गएका थिए । रामबहादुरका परिवारले फुपू दिदी भेट्न गएका रामबहादुर घर नफर्किएपछि प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले मंगलबार खनियापानी ३ भिरकोटको गोरेटो बाटोबाट झण्डै दुई सय मिटर तल भिर पाखोमा रामबहादुरको शव भेटेको बताएको छ । तामाङको मानसिक अवस्था ठिक नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
मृतक तामाङको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मन्थली लगिएको जनाइएको छ ।