नयाँ शक्ति इजरायल द्वारा नेपाली दुतावासमा ज्ञापन-पत्र हस्तान्तरण

२० सेप्टेम्बर , तेलअविव | अन्तराष्ट्रिय नेपाली समाज इजरायल (नयाँ शक्ति पार्टी नेपाल) ले बैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरुको पक्षमा थप सेवा र सुविधाको साथमा प्रवासमा कामदारहरुले भोग्नु परेको समस्याहरुको समाधानको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउदै नेपाली राजदुतावास इजरायलका कार्यबाहक राजदुत रामेश्वर पौडेल समक्ष ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।
ज्ञापन पत्र बुझाउन अन्तराष्ट्रिय नेपाली समाज इजरायल का सह-संयोजक तेज बहादुर श्रेष्ठ , कोषाध्यक्ष एवंम् प्रवास प्रादेशिक समितिका सदस्य मन कुमारी मगर (मधु चेम्जोङ) र प्रवास प्रादेशिक समितिका सदस्य तारा ढकाल राजदुतावासमा पुगेका थिए |