दुवै मृगौला फेलभएका सुनबहादुर तामाङले भने ‘मलाई पनि बाँच्नु छ, सहयोग पाउँ’

असोज ४, काठमाडौं : नुवाकोटको गोर्स्याङ गाविस २ का सुनबहादुर तामाङको दुवै मृगौला फेल भएको छ । आर्थिक अवस्था कमजोर रहेको तामाङले अहिले जीवन बचाउनका लागि सबैसँग आग्रह गर्दै काठमाडौं आइ पुगेका छन् ।
सदरमुकाम विदुरदेखि २४ किलोमिटर पश्चिममा रहेको गोर्स्याङ्का २९ वर्षिय तामाङ वैदेशिक रोजगारीको क्रममा गत वैशाखमा कतार पुगेका थिए । तर, एक महिना नपुग्दै जेठमा विरामी भएपछि अस्पताल गएको उनले बताए । कतारस्थित रहेको हमद मेडिकलले स्वास्थ्य परिक्षण गर्दा दुवै मृगौला फेल भएको चिकित्सकले बताएपछि नेपाल फर्किएको तामाङले बताए ।
बाल्यकालमा नै आमाको मृत्यु भएको र अहिले बुबाको पनि मृत्यु भएपछि तामाङलाई जीवन बचाउँन समस्या भएको उनकी श्रीमती निशा तामाङले बताइन् । तामाङको आर्थिक अवस्था कमजोर भएका कारण काठमाडांैमा आफन्तको साहारा लिएर वस्नु परेको उनले गुनासो सुनाईन ।
निशाले भनिन्‘ हामी किसान हौं खेतिपाती गर्छाैं, भूकम्पले घर पनि छैन कसरी बाँच्ने अहिले सानीआमाकोमा शरण लिइरहेका छौं ।’ दुवै मृगौला फेल भएपछि दुई वर्षअघि विवाह गरेकी निशाको सपना विपनामा परिणत भएको छ ।
निशाले भनिन् ‘ श्रीमानको उपचारका लागि सबैसँग हात जोडि रहेकोछु । चिकित्सकहरुका अनुसार २५ लाख रुपैँया लाग्छ भनेको छ । कसरी जुटाउँने अहिलेसम्म बैंक खाता पनि छैन । कसरी सहयोग लिने अन्योलमा छु ।’
तामाङलाई आर्थिक अभाव भएपछि हाल नेसनल डायलोसिस प्रालि सामाखुसीमा उपचार भइरहेको छ । उनलाई डायलोसिस कक्षमा राखेर उपचार गरिरहेको उनकी श्रीमती निशाले बताइन् । उनको उपचारका लागि अहिले सुस्मिता फाउडेशन नेपालले अभियान संचालन गरेको फाउण्डेशनका अध्यक्ष सुस्मीता तामाङले जानकारी दिइन् ।
sun Bhadur tamang
Himalayan Bank Limited
A/c 04306336870011
सुन बहादुर तामाङ(बिरामी)
cont : 9823045699/ 9823028647
A/c number:::: 02102050250948
Nepal investment Bank
susmita foundation
Cont : 9808822225