मंगलबार उज्यालो नहुदै उपत्यकाका १० स्कुलमा बम, दुइटा विस्फोट, ८ वटा निष्क्रिय

काठमाडौं । काठमाडौंका ९ र ललितपुरको १ विद्यालय अगाडि मंगलबार सबेरै बम फेला परेको छ । ललितपुरको रेडियन्ट रिडर्स अगाडि कुकर बम फेला परेको थियो । बमलाई नेपाली सेनाको टोलीले निस्कृय पारेको थियो ।
त्यसैगरी काठमाडौंको डल्लुमा रहेको कन्चनजंगा स्कूल अगाडि पनि बम फेला परेको थियो । त्यसैगरी जोरपाटीमा रहेका मनकामना उच्चमावि, अकाशद्धिप, बालसंसार, बुद्ध प्रकाश, राई स्कूल, माउन्ट युराल, एम्बास्डर, इस्टपोल लगायतका स्कूल अघि बम भेटिएको थियो । आकाशदीप र मनकामना उमाविमा विस्फोट भएका थिए भने अन्य स्थानका बम सेनाको टोलीले निस्कृय पारेको थियो ।
तस्बिर : रासस