हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा शान्तबाबु थोकर

14292402_1180867361985931_2956613121606039588_n
असोज ३, न्यूयोर्क : तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा शान्तबाबु थोकर निर्विरोध भएका छन् । आइतवार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौ अधिवेशनले शान्तको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
न्युयोर्क र आसपासमा रहेका दुइ सय १६ जना सदस्य सहभागि अधिवेशनले चलचित्रकर्मी अमृत लामा प्रथम उपाध्यक्ष, शृजना लामा उपाध्यक्ष र अमर तामाङलाई महासचिव चयन गरेको छ । यस्तै छिरिङ योञ्जन सचिव र नाम्गेल लामालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । बोर्ड सदस्यहरुमा राम तामाङ, प्रविण लामा, सानु कुमारी लामा र मैना लामा निर्वाचित भएका छन् । बाकी दुइ सदस्यको अध्यक्षले मनोनित गर्ने छन् ।
निर्वाचित कार्यसमितिलाई आइतवार नै प्रमुख निर्वाचन आयुक्त ङिमा पाखि्रनले पद तथा गोपनियताको सपथ गराए ।यसै बीच नवनिर्वाचित अध्यक्ष शान्त थोकरले आफ्नो कार्य समितिको पहिलो काम न्युर्योकमा सस्थाको कार्यालय सञ्चलन र तामाङ भाषा, धर्म सम्वन्धी शिक्षा कार्यक्रम शुरु गर्नु रहेको जनाएका छन् । तामाङ भाषा र धर्म सम्वन्धी शिक्षा कार्यक्रम सञ्चालनका लागि आफ्नो माताहतमा रहेको इन्टरनेश्नल मार्शल आर्ट एशोसिएशन न्युयोर्कको ( कराते प्रशिक्षण स्थल) हल उपलब्ध गराउने घोषणा गरेका छन् ।

यस्तै शान्तले तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रलाई सन् २०१८ भित्र शिलन्यास गर्ने जनाएका छन् । “स्वदेश तथा विदेशमा रहेका तामाङहरुको स्तरउन्नतीमा सहयोग पुर्‍याउनु र तामाङ सस्कृतिको जगेर्ना गर्नमा नै मेरो ध्यान केन्दि्रत रहने छ ।” दुइ बर्षे कार्यकालका लागि अध्यक्ष चयन भएका शान्तले उत्तर अमेरिकामा रहेका सबै तामाङ बीचमा साझा सञ्जाल बनाउने, तामाङ सोसाइटी अफ अमेरिकाको नेतृत्वमा विश्व तामाङ सम्मेन आयोजना गर्ने र अन्तराष्ट्रिय तामाङ सञ्जाल बनाउने योजना सुनाए ।
तामाङ भाषा अनलाइन कक्षा, तामाङ विद्यार्थी छात्रवृत्ति कोष स्थापना, नेपालमा लोकसेवा आयोग परिक्षाको तयारीमा रहेका तामाङहरुका लागि शैक्षिक छात्रवृत्ति, तामाङ आकास्मिक कोष स्थापना गर्ने लक्ष्य उनले बनाएका छन् ।

न्युयोर्कमा बहुप्रचारित तामाङ सांस्कृति तथा बौद्ध केन्द्रको लागि अतिरिक्त कोष संकलन गर्न अमेरिका तथा अन्य मुलुकमा तामाङ सस्थाहरु बीचमा समन्वय गर्ने उनको योजना छ । सन् २००८ देखि २०१० सम्म सोसाइटीमा महासचिव जिम्मेवारी निभाएका शान्त थोकर अमेरिकी कराते महासंघबाट दोहोरो ए लाइसेन्स प्राप्त करातेका प्रशिक्षक हुन् ।

न्युयोर्कमा कराते स्कूल सञ्चालन गर्ने अहिले सम्म उनी एक्लो नेपाली पनि हुन् । उनले आफ्नो घोषण पत्रमा उल्लेख गरिएका अन्य प्रतिवद्धता क्रमस पुरा गर्दै जाने जनाएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution