जापान विकासको पहिलो मोडेल हो – पूर्व प्रधानमन्त्री डा. भट्टराई

जापान – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू विकासको मोडेल हेर्न कोरिया हुँदै जापान आएको बताउनुभएको छ । पश्चिमा शक्तिको विकासलाई चुनौति दिन सक्षम दक्षिण कोरिया र जापानको विकासको मोडेल हेरेर नेपालमा त्यस्तै योजना बनाउने सपना उहाँले सुनाउनुभयो।
जापानबासी नेपालीहरुसंग अन्तरक्रिया गर्नुका साथै नयाँ शक्ति नेपालको नीति तथा कार्यक्रमका बारेमा जापानस्थित नयाँ शक्तिको भातृ संगठनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उहाँ जापान आउनुभएको हो।