हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

काभ्रे जिल्लामा उपमहानगरपालिका-१ ,नगरपालिका-३ र गाउँपालिका-८ वटा बन्ने

काभ्रे, २ असोज | जिल्ला स्थित राजनीतिक दलहरु लामो रस्साकस्सी र छलफल पछि काभ्रे जिल्लामा एक उपमहानगरपालिका सहित १२ स्थानीय तह बनाउन सहमत भएका छन् । दलहरुको सहमति अनुसार अब जिल्लामा एक उपमहानगरपालिका, तीन नगरपालिका र ८ वटा गाउँ पालिका हुने भएका छन् ।

उप महानगरपालिकाका लागि यस अघि नगरपालिका भएका धुलिखेल, बनेपा, पनौती सहित टुकुचा नाला, उग्रचण्डी नाला, देविटार, रविओपी, पातलेखेत, शारदा बतासे, शंखुपार्टीचौर, बल्थली, महेन्द्रज्योती, उग्रतारा जनागाल, कुशादेवी, रयाले र नासिकासाँगालाई एकिकरण गर्ने सैद्धान्तिक सहमति भएको छ । तीन नगरपालिका र १४ गाविसको जनसंख्या १ लाख ३५ हजार ६ सय १४ रहेको छ । पाँचखाल नगरपालिकामा दोलालघाट, खरेलथोक र कोशिदेखा गाविस समायोजनको प्रस्ताव गरिएको छ ।

त्यस्तै दाप्चा काशिखण्ड नगरपालिकामा श्यामपाटी सिमलचौर, कानपुर कालापानी र कटुञ्जेवेशी समेटिएको छ । त्यस्तै गैह्रिविसौना देउपुर, बालुवापाटी देउपुर, नयाँगाउँ देउपुर, महादेवस्थान, चण्डेनीमण्डन, जैसिथोक र ज्याम्दी गाविसलाई समेटेर ३५ हजार ८४ जनसंख्या रहेको नयाँ नगरपालिका प्रस्ताव गरिएको छ ।

स्थानीय निकाय पुर्नसरचना आयोगले काभ्रेपलाञ्चोक जिल्लालाई ११ तह बनाउन प्रस्ताव गरेको थियो । काभ्रेका ७५ गाविस र ५ नगरपालिकाको सेवा र सुविधा अब १२ वटा स्थानीय तहबाट हुनेछ । उप सचिव प्रमुख हुने गरी ७० जना कर्मचारीबाट जनतालाई सेवा सुविधाहरु उपलब्ध गराईनेछ ।

गाउँपालिहरुका लागि सापिङ्ग, भुम्लुटार, चौबास, बेखसिम्ले, सिम्थली, सल्लेभुम्लु, सानोवाङ्गथली, नाग्रगगर्चे गरी १५ हजार ६ सय जनसंख्या रहेको गाउँपालिका प्रस्ताव रहेको छ ।

१९ हजार ५ सय ९० जनसंख्या रहेको कलाँती भुम्लु, धुसेनी शिवालय, गोठपानी, विर्तादेउराली, माझिफेदा, पोखरीचौरी, कात्तिकेदेउराली, माँदनकुँडारी र फलाँटे गाविसको गाउँपालिका, २० हजार १ सय ९२ जनसंख्या रहेको भिमखोरी, वाल्टिङ्ग, मंगलटार, खार्पाचोक, सिपाली चिलाउने, शिशाखानी, महादेवटार गाविसको गाउँपालिका, २२ हजार ८ सय ८२ जनसंख्या रहेको शिखरआम्बोटे, खहरेपाँगु, महांकालचौर, च्यासिङ्कखर्क, चलाल, ढुंखर्क र च्याम्ब्राङ्गबेशी गाउँपालिका प्रस्ताव गरिएको छ ।

यस्तै २२ हजार ७ सय १२ जनसंख्या रहेको संस्र्युखर्क, सरमथली, बोल्देफेदिचे, ठुलोपर्सेल, पोखरीनारयाणस्थान, कुरुवास चापाखोरी, मेच्छे गाउँपालिका, १८ हजार २ सय ८३ जनसंख्या रहेको बुढाखानी, बनखुचौर, फोक्सिङ्गटार, घर्तिछाप, गोकुले गाउँपालिका, १४ हजार ३ सय ९८ जनसंख्या रहेको मिल्चे, साल्धारा, फलामेटार, डाँडागाउँ, साल्मेचाकल गाउँपालिका रहेका छन् । डाँडापारीमा दुई गाउँपालिका छन् भने कोशिपारीमा पनि दुई गाउँपालिका प्रस्ताव गरिएको छ ।

@मेचीकाली  






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution