हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

२० हजार धरौटी नहूँदा आमासँगै ६ बर्षे बालक जेलमा (तस्बिर छ)

img_0159
असोज २, लमजुङ: मानब बेचबिखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएकी एक महिलाले २० हजार धरौटी रकम तिर्न नसक्दा नाबालक छोरा सहित जेलमा बस्न बाध्य बनेकी छन् । नवलपरासीको कावासोती घर र लमजुङको बिचौर माईत बताउने ३५ बर्षीय सुकमायाँ मिजारसँगै उनका ६ बर्षीय छोरा सुजन मिजार पनि जेलमै बस्न बाध्य बनेका हुन् ।

जिल्ला अदालत लमजुङले २०७३ भदौ ८ गते उनीमाथि लागेको मानब बेचबिखन तथा ओसारपसार मुद्दामा २० हजार रकम धरौटी तिर्न आदेश दिएको थियो । तर, उनले सो रकम जुटाउन नसकेपछि जेलमा गएकी हुन् ।

‘घरमापनि आउने बाटो केहि छैन, उनले भनिन, ‘त्यति ठुलो रकम कसरी जुटाउने ? ’ उनले आफुले कुनै अपराध नगरेको तर कानुनलाई मान्न तयार रहेको प्रतिक्रिया दिईन् । आमा जेलमा परेपछि जेलमा बस्दै आएका उनका छोरा सुजनको पठनपाठन पनि प्रभावित हुँदै आएको छ । ‘छोराको बारेमा चिन्ता छ उनले भनिन,‘ पढ्ने बेलाको छोरालाई आफुसँगै जेलमा राख्न पर्दा निकै चिन्तित छु ।’

बालबालिकालाई जेलमा राख्न नपाउने प्राबधान भएपनि उनको उद्धारका लागि बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट भने खासै चासो भएको छैन् । तर, महिला तथा बालबालिका कार्यालयका प्रमुख बिष्णुकुमारी लामिछाने भने आफुहरू बच्चाको निरन्तर ‘फलोअप’मा रहेको दाब िगर्छिन् । ‘ हामी निरन्तर फलोअपमा छौं, प्रमुख लामिछानेले भनिन, ‘मुद्धाको समय नतोकिएकाले हामी चुप लागेर बसेका हौं ।’ बालकको उद्धारका लागि जिल्ला अदालत लमजुङको फैसला कुरेर बसको उनले बताईन् ।

यसअघि पनि धरौटी रकम तिर्न नसक्दा जेलभित्रै बस्न बाध्य बनेकी एक महिलालाई बेसीशहर स्थित बिद्याबिकास उमाबिको जुनियर रेडक्रस सर्कलमा आबद्ध बिद्यार्थीहरूले रकम संकलन गरेर धरौटी रकम जुटाईदिएका थिए । त्यस्तै जेलमा धरौटी रकम नुहँदा कारागरमा थुनुवा रहेका गोरखा जिल्लाका एक बालकलाई बालबालिका क्षेत्रमा काम गर्ने चेसनेपाल लगायतका संस्थाको पहलमा धरौटी रकम जुटाएर कारगारबाट छुटाईएको थियो ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution