तामाङ सोसाइटी अफ अमेरिकाको विद्यालयलाई आथिर्क सहयोग

असोज – २ याम्बु : तामाङ सोसाइटी अफ अमेरिकाले ताम्सालिङ क्षेत्रका विभिन्न विद्यालयहरुलाई सहयोग रकम हस्तान्तरण गरेको छ । नेपाल तामाङ घेदुङले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सो रकम हस्तान्तरण गरेको हो ।
रकम प्राप्त गर्ने विद्यालयहरुमा जनजागृति उच्च मावि मेलम्ची–५ सिन्धुपाल्चोक, गणेश बाल विकास केन्द्र रातमाटे–५ नुवाकोट, जनता निमावि जलजले सिन्धुपाल्चोक, बुद्ध प्रावि लाकुरीडाँडा–७ दोलखा, हरिसिद्धि प्रावि धुस्कुन सिन्धुपाल्चोक, काकलिङ उच्च मावि दोरम्बा–४ रामेछाप, खाँडादेवी उच्च मावि मझुवा रामेछाप र ज्वालादेवी निमावि बिर्ता देउराली–८ काभ्रे रहेका छन् ।
ती विद्यालयहरुले रु. १,४०,०००/ का दरले रकम बुझेका छन् । तामाङ सोसाइटी अफ अमेरिकाले १० वटा विद्यालयलाई सहयोग रकम उपलब्ध गराएको भएपनि रामेछाप जिल्ला स्थित सेतीदेवी प्रावि बेथान–५ अर्को विद्यालयसँग मर्ज भएको हुँदा रकम हस्तान्तरण हुन नसकेको घेदुङका अध्यक्ष मोहन गोले तामाङले बताए ।