न्युयोर्कमा बम विस्फोट हँदा २९ घाइते

असोज २, काडमाडौं : न्युयोर्कमा बम विस्फोट हुँदा कम्तिमा २९ जना घाइते भएका छन्। विस्फोट नेपाली समयअनुसार आइतबार बिहान पौने तीन बजे भएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार विस्फोट न्युयोर्क सहरको म्यानहटनमा भएको जनाइएको छ।
डस्टविनमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको सरकारी अधिकारीहरुले बताएका छन्। घटनाका प्रत्यक्षदर्शीहरुले निकै ठूलो धमकामा विस्फोट भएको बताएका छन्।
विस्फोटको कारण अझै खुल्न नसकेको जनाइएको छ।