हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

यात्रु बोकेको डुङ्गा सप्तकोसीमा दुर्घटना : ३७ सकुशल उद्दार, कम्तिमा सात बेपत्ता,

img_0038


 असोज १, धरान : सुनसरीको श्रीलंका टापुबाट प्रकासपुर गाविसमा लाग्ने हटिया भर्न हिँडेका यात्रु बोकेको डुङ्गा सप्तकोसी नदीमा दुर्घटना हुँदा कम्तिमा सात जना बेपत्ता भएका छन् । क्षमताभन्दा बढी यात्रु चढाएका कारण दुर्घटना भएपछि सप्तकोसीमा डुबेका ३७ जनालाई स्थानीय वासिन्दाले सकुशल उद्धार गरेका छन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले दिएको जानकारीअनुसार, प्रकाशपुरमा लाग्ने शनिवारे हटियामा किनमेल गर्न उक्त डुंगामा ५० भन्दा बढी सर्बसाधारण सवार थिए । डुङ्गा सप्तकोसीको बीचमा पुगेपछि छालमा परेर पल्टिएको थियो । डुङ्गा ठेकेदार तुफान चन्द्रवंशीले आफैं चलाएका थिए । दुर्घटनापछि ठेकेदार चन्द्रबंशीसमेत कम्तिमा सात जना बेपत्ता भएको पोखरेलले जानकारी दिए । उनले भने, ‘बेपत्ता कति भन्ने एकीन हुन सकेको छैन तर कम्तिमा पनि सात जना नदीमा हराइरहेको हाम्रो अनुमान छ ।’ उद्धार गरिएका स्थानीय बासिन्दाले भने १५जनाभन्दा बढी बेपत्ता भएको बताएका छन् तर डुंगामा कति थिए र कति हराए भन्ने एकीन हुन नसकेको एसपी पोखरेलले बताए ।

दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारका लागि खटिएको थियो । कोशीमा अत्यधिक बाढी आएको र दिनभर पानी परेकाले बेपत्ता भएकाहरुको खोजी कार्यमा समेत समस्या भएको एसपी पोखरेलले बताए ।
उद्दार गरिएका श्रीलंका टापुका अर्जुन चन्द्रबंशीले सप्तकोसीको विच भंगालोमा पुगेपछी डुङ्गा दुर्घटनामा परेको दुर्घटनामा परेको बताए । उनले डुंगामा ६ जना बालबालिकासहित ५०– ६० जना यात्रु रहेको बताए । ‘कोसीको बीच भंगालोमा डुङ्गा पल्टियो । हेर्दाहेर्दै संगैका साथीहरूलाई बगायो’, उनले भने, ‘दाउरा खोज्दै आएको अर्को डुङ्गामा रहेका स्थानीयले डुबेका ३७ जनाको उद्धार गरे, ज्यान बचाए ।’

दुर्घटनामा परेर उद्दार गरिएका अर्का विष्णु चन्द्रबंसीले कोसी टप्पुका वासिन्दा बाध्यताका कारण बाढी आएको कोसीमा डुङ्गाको भरमा यात्रा गर्नु परेको गुनासो गरे । उनले भने, ‘कोसी टप्पुका करिव ५ हजार सर्बसाधारणलाई सरकारले सामान्य सेवासुविधा समेत प्रदान गरेको छैन । त्यसै कारण नुन, तेल, चिनी लगायत दैनिक उपभोग्य बस्तुहरु खरिद गर्न प्रकाशपुर र महेन्द्रनगरको हाटबजार जानुपर्छ ।’

uddar-4
दुर्घटना पश्चात जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पोषराज पोखरेल, राष्ट्रि अनुसन्धान कार्यालय सुनसरकिा प्रमुख नगेन्द्र दाहाल, नेपाली सेनाको बटुकदल गणको इनरुवा गुल्मका गुल्मपति आमोद कार्की, शसस्त्र पहरी बल सिमा सुरक्षा कार्यालयका एसपी कृष्ण सुबेदीको नेतृत्वमा २ सय भन्दा बढि सुरक्षाकर्मीहरु र स्थानिय वासिन्दा उद्धार कार्यमा खटिएका छन् । बेपत्ताहरुको खोजिकार्यमा नेपाली सेना र सशस्त्र प्रहरीको २÷२ वटा मोटरबोट र स्थानिय वासिन्दाका २ वटा ‘डुङ्गा सहित उद्धार टोली परिचालन गरिएको छ । उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोर सहितको टोली परिचालन गरिए पनी शनिवार साँझसम्म कसैलाई फेला पार्न नसकिएको एसपी पोखरेलले बताए ।

प्रकासपुर गाविस र महेन्द्रनगर गाविसले यात्रुहरुको विना सुरक्षा सप्कोसीमा डुङ्गा संचालनको ठेक्का लगाएका कारण बर्षेनी सप्तकोसीमा दर्जनौ सर्बसाधारणले ज्यान गुमाउनु परेको सप्तकोसी पिडित संर्घष समितिका सचिव बाबुराम कार्कीले बताएका छन् । उनले सुनसरीको श्रीलंका टापुका वासिन्दाहरुलाई राज्यले न्युनतम सेवा सुविधा समेत नदिएका कारण सप्तकोसीमा जोखमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको बताए । सपतकोसीमा यस अगाडि पनि ७ पटक सम्म डुङ्गा दुर्घटना भएको छ । जसमा ५० भन्दा बढिको ज्यान गएको प्रहरीले बताएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईले डुङ्गा दुर्घटनाको विषयमा छानविन गरिने बताएका छन् । उनले बेपत्ताको संख्या एकिन नभउकाले उदयपुरको प्हरीको सहयोगमा कोसी टप्पुका घरघरमा गएर हराएकाहरुको खोजकार्य भैरहेको बताए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution