तामाङ समाज ओमनको अध्यक्षमा थोकर

असोज १, काठमाडौं : नेपाल तामाङ समाज ओमनको प्रथम अधिवेशनले राम थोकरको अध्यक्षतामा २२ सदस्यिस नयाँ कार्य समिति चयन गरेको छ । सेप्टेम्बर १६ मा मस्कट हाईएष्ट माउन्टेन रेष्टुरेन्टमा भएको अधिवेशनले थोकरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
‘नेपाल हाम्रो देश अलग अलग भाषा र भेष,आफ्नो धर्म सस्कृति तामाङ पहिचान जोगाउने हाम्रो अभियान’ भन्न नाराका साथ अधिवेसन भएको थियो ।
समाजको उप अध्यक्षद्धयमा अनिता तामाङ र बिनोद बल तामाङ, महासचिव तेज बहादुर बोम्जन, सचिवद्धय महेन्द्र बोम्जन र सुबिस्ता थोकर, सह सचिव रिना योञ्जन तामाङ, कोषाध्यक्ष पासाङ्ग मोक्तान, सह कोषाध्यक्ष दिपक मोक्तान रहेका छन् ।
यस्तै सदस्यहरुमा रमेश बल तामाङ, उमेश घिसिङ्, रुप ग्यापक तामाङ, यका लामा, दावा नर्बु लामा, दिनेश बल तामाङ ,चन्द्र तामाङ, रुद्र भुजेल, फुर्बा रुम्बा लामा, अनिल गोले, बुद थिङ्ग तामाङ, योगेन्द्र ब्लोन तामाङ, सीता तामाङ र सिता तामाङ रहेका छन् ।
सल्लाकार कारसाङ्ग तामाङ , राम तामाङ, रेश्मा बल तामाङ, फुर्बा रुम्बा तामाङ रहेको संस्थाका सदस्य तेजबहादुर तामाङले जानकारी दिए ।
कार्यक्रमको पहिलो खण्ड
प्रथम अधिवेशनमा मगर संघ ओमानको प्रतिनिधि प्रमुख अतिथि थिए । कार्यक्रममा समितिका सदस्य अनिता तामाङले स्वागत मन्तव्य राखेका थिए । यस्तै आर्थिक प्रगति विवरण भने कोषाध्यक्ष बिनोद बलले राखेका थिए ।
तामाङ समाजका अध्यक्ष तथा अधिबेशनका संयोजक राम थोकर तामङले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अधिवेशस सफलताका लागि अन्तरास्ट्रिय तामाङ परिषदले समे शुभकामना पत्र पठाएका थिए ।