मन्दिर छुँदा दण्ड गराउनेलाई कार्वाही भएन
भदौं ३१, चैनपुर : बझाङको रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानीय दलित लाल सिंह आग्रीले मन्दिर छुदाँ दण्ड गराउने त्यहाँका गैर दलितहरूलाई कुनै कार्वाही भएको छैन । यो घटनाका् समाचार आएर प्रधानमन्त्रीले दोषीलाई कार्वाही गर्न निर्देशन दिएपनि स्थानीय प्रहरी प्रशासनले ध्यान दिनसकेको छैन ।
स्थानीयले घटना सामान्य हो देवतालाइ दण्ड गरेको भनेर ढाकछोप गरेपनि पिडित लालसिंह आग्री भने आफुलाई ठुलो अन्याय र अपमान भएको बताए । उनले यही घटनाका कारण आफु झन्डै मरेको बताए ।
भाद्र १९ गते मेला चलिरहेका बेला आग्री मन्दिरको प्रशाद बनाउने ठाँउमा गएपछि गैर दलितहरूले आग्रीलाई कुटपिट समेत गरि एक आना सुन र २ हजार दण्ड गराएका थिए । विहान गैर दलितको बैठक बसेर लालसिंहलाई ठुलै अपराध गरेको भन्दै दिसा समेत खुवाउने हल्ला थियो । स्थानीय तथा प्रत्यक्षदर्शी अर्जुन बुढाले भने यस्तो हुनै नसक्ने भनेपछि दिसा नखुवाएको उनको भनाई छ ।
अन्नपुर्ण अनलाईनमा आएको समाचार हेर्दै काठमाण्डौबाट घटना अध्ययन गर्न आएका पत्रकार केपी अनमोल सहितको टोली घटना स्थल रिलुमा पुगेर फिर्ता भएको छन् । विहिवार चैनपुरमा भेटहुदाँ त्यहाँका दलित अगुवा गैर दलित साथै स्थानिय प्रहरी प्रशासनबाट समेत घटनाको ढाकछोप गरिएको उनिहरूको ठम्याई छ ।
लालसिंहले आफूमाथि दुव्र्यबहार भएको र यसविषयमा सरकारले निर्देशन दिदा समेत स्थानीय प्रशासनले ढाकछोप गर्दा अन्याय भएको बताए ।