हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

हतियार सहित तीन भारतीय प्रहरी पक्राउ

भदौं ३१ , धनगढी : मोटरसाईकल चोर पक्रिन भन्दै हतियार सहित नेपाल छिरेका तीन जना भारतीय सुरक्षाकर्मी पक्राउ परेका छन । विहीबार अपरान्ह कञ्चनपुरको बेलौरी नगरपालिका–वा नं १४ भूडा गाउँमा हतियार सहित प्रवेश गरेका भारतको पिलिभित जिल्ला कम्पोजनगर प्रहरी चौकीका सई सुवास चन्द, जवानहरु अर्जुन सिह र प्रदीपकुमारलाई ईलाका प्रहरी कार्यालय बेल्डाँडीको टोलीले पक्राउ गरेको हो ।

भारतमा मोटरसाईल चोरीका घटनाका आरोपी श्रवणकुमार सिह नाम गरेका व्यक्तिलाई लिएर तीनैजना प्रहरी कञ्चनपुरको भुडागाउँ पसेका इलाका प्रहरी बेल्डाँडीका प्रहरी निरिक्षक गिन्द्र बोगटीले जानकारी दिए । तीनजना भारतीय सुरक्षाकर्मी र एकजना भारतीय नागरिकलाई विहीबार राती नै द्विदेशीय मामला भएको भन्दै ईलाका प्रहरी कार्यालय बेल्डाँडीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाएको छ ।
कञ्चनपुर प्रहरी प्रमुख, प्रहरी उपरिक्षक तुलसी प्रसाद अधिकारीले श्रवणकुमार सिहले मोटरसाईकल चोरको घर देखाई दिन्छु भन्दै तीनै जना भारतीय प्रहरीलाई नेपाल ल्याएको खुलेको बताए । तर नेपालीको घरमा मोटरसाईल भने फेला परेको छैन ।

भारतीय प्रहरीले भुडा गाउँका बहादुर शाहीको घरमा खान तलासीका लागि आएपनि, अरु स्थानीयको घरमा पनि हतियार सहित पसेर खानतलासी गर्न थालेपछि स्थानीयले विरोध गर्दै ईलाका प्रहरी कार्यालय बेल्डाँडीलाई खबर गरेका थिए । प्रहरीले तीनै जनाबाट एकथान पेस्तोल र ९ राउण्ड त्यसमा प्रयोग हुने गोली बरामद गरेको छ ।

भरतीय सुरक्षाकर्मीले, अनजानमा हतियार ल्याएको बयान दिएको प्रहरीले जनाएको छ । अन्जानमा हतियार सहित आएको बताउने भारतीय सुरक्षाकर्मी र एकजना नागरिकलाई भारतीय प्रहरीका उच्च अधिकारीको जिम्मा लगाउने तयारी भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

यसअघि पनि अत्याधुनीक हतियार सहित अछाम र डोटीको सीमाना चौखुट्टेमा भारतीय सुरक्षाकर्मी पक्राउ परेका थिए । भारतीय प्रहरीलाई अर्को देशमा हतियार सहित जानुपर्दैन भन्ने थाहा हुँदा हुदै पनि बेलाबेला यस्ता घटनाहरु हँुदै आएका छन ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution