हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

बिदेशमा मृत्यु भएकालाई सात लाख रुपिया दिनेगरी नियमावली संशोधन हुँदै

भाद्र ३०, २०७३- वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारलाई सात लाख रुपिया दिनेगरी नियमावली संशोधन गर्न श्रम तथा रोजगार मन्त्रालयले पहल थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसदमा २३ भदौमा दिएको सम्बोधनमा मृतक क्षतिपूर्तिको रकम तत्काल बढाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले यसका साथै अन्य चार विषयलाई समयावधि नै तोकेर सम्बोधन गर्न निर्देशन दिएका थिए । जसलाई कार्यन्वयन थाल्न मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक, वैदेशिक रोजगार प्रर्वधन बोर्डका कार्यकारी निर्देशकसहितको भेला डाँकेको थियो । उक्त छलफललले मृतकको क्षतिपूर्ति रकम बढाउनका निम्ती वैदेशिक रोजगार नियमावली २०६४ नै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका निम्ती मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने निर्णय मन्त्रालयले गरेको छ ।

मन्त्रालयले गत बैशाखमा विदेशमा मृत्यु भएका कामदारको क्षतिपूर्ति रकम तीन लाख रुपैयाँबाट बढाएर पाँच लाख बनाउने निर्णय गरेको थियो । तर उक्त निर्णय आवश्यक कानूनी प्रावधानको अभावमा कार्यन्वयनमा नआईरहेको बेला मन्त्रालयले प्रधानमन्त्रीको निर्देशनलाई लागु हुने गरी नियमावली संसोधन थाल्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता गोविन्दमणी भुर्तेलले भने, ‘प्रस्ताव अनुसार नियमावली संसोधन भएका विदेशमा मृत्यु भएका कामदारले सात लाख रुपैयाँ क्षतिपूर्ति पाउनेछन् ।’ वैदेशिक रोजगार प्रर्वधन बोर्डका कार्यकारी निर्देशक रघुराम काफ्लेका अनुसार बोर्डले क्षतिपूर्ति रकम बढाउने विषयमा निर्णय गरेर मन्त्रालय हुँदै मन्त्रीपरिषदमा नियमावली संशोधनको निम्ती पठाउनु पर्नेछ । ‘प्रधानमन्त्रीको निर्देशन अनुसार छिटै काम सुरु हुनेछ,’ उनले भने ।

त्यस्तै प्रधानमन्त्रीले थप पाँच मुलुकमा श्रम सम्झौताको तत्काल पहल थाल्न पनि निर्देशन दिएका थिए । जबकी हालैमात्र मन्त्रालयले युएई, कतार, कोरिया, जापान र ईजरायलसँग समझदारी पत्रमा हालैमात्र हस्ताक्षर गरीसकेको छ । यसले सम्बन्धित देशमा नेपाली कामदारको वैधता स्थापित गरेको छ तर श्रम सम्झौताले दिएको व्यापक अधिकारक्षेत्र भने समझदारीपत्रमा भएको सम्झौताका आधारमा स्थापित हुन सक्दैन् ।

मन्त्रालयले साउदी अरब, मलेसिया, जोर्डन, लेबनान र ओमानसँग श्रम सम्झौताको पहल थालीसकेको छ । त्यसका निम्ती मन्त्रालयले आवश्यक कागजातहरु सम्बन्धित देशका परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । मन्त्रालयको वैदेशिक रोजगार शाखाका उपसचिव शिवराम पोख्रेलले भने, ‘समझदारीपत्रमा हस्ताक्षर भएका देशहरुसँग पनि श्रम सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रिया सुरु गरिनेछ ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution