हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

इजरायलबाट फर्कनेहरूको काठमाडौंमा भेटघाट तथा पुनर्मिलन कार्यक्रम सम्पन्न

il

काठमाडौं । इजरायलमा काम गरेर फर्केका नेपालीहरुले राजधानीमा भेला गरी पुर्नमिलन कार्यक्रमको आयोजना गरेका छन् । नेपाल इजरायल सहयोगी मञ्चले रोजगारी, तालिम तथा अध्ययनका लागि इजरायलमा आफ्नो अनुभव बटुलेर नेपाल फर्केर कुनै न कुनै पेशा वा व्यवसायमा संलग्न भएका नेपालीहरुलाई एउटै मञ्चमा आबद्ध गर्ने उद्देश्यका साथ कार्यक्रम गरेको हो ।

‘इजरायलबाट फर्केका नेपालीहरुको पहिचान र देशको आर्थिक बिकासमा इजरायलबाट फर्कनेहरुको योगदान अनि आउँदो समयमा विदेशमा गरिने श्रमलाई नेपालमै उपयोग गर्दै उत्पादनमा बृद्घि गरि राष्ट्र निर्माणमा टेवा पुर्याउन सकिने उदाहरण सहित विदेशिदै गरेका लाखौं युवाहरुलाई स्वदेशमै केहि गर्न अभिप्रेरित गर्ने तथा विदेशबाट फर्केकाहरुलाई नेपालमै पुर्नस्थापना गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो’, कार्यक्रमका संयोजक खोजराज कटुवालले बताए । कार्यक्रममा माननीय कृषि मन्त्री गौरीशकंर चौधरी प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा नेपालका लागि इजरायली राजदूत मेयर यारोन, एमालेका सचिव योगेश भट्टराई र नेपालका तर्फबाट इजरायलका लागि पुर्व–राजदूत प्रल्हादकुमार प्रसाईँलगायतका अतिथिको उपस्थिती रहेको थियो ।

कार्यक्रमको उद्देश्यबारे मञ्चका सदस्य हरि मानन्धरले इजरायलबाट फर्केका नेपालीहरूको भेटघाट तथा पुनर्मिलन कार्यक्रममा सहभागी भै एकअर्कामा भएको सीप तथा अनुभवहरू साटासाट गर्न कार्यक्रम प्रभावकारी रहेको बताए । ‘यो कार्यक्रमसँगै भविष्यमा कसरी अगाडि बढ्ने भन्ने एउटा मार्गचित्र बनाउन पनि सहयोग पुग्नेछ,’ मानन्धरले बताए ।

बुधवार सम्पन्न भएको कार्यक्रम इजरायबाट फर्केर नेपालमा बसिरहेका ३ सय भन्दा बढीको उत्साहप्रद सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै इजरायलबाट पिएचडी गरेर आएका कृषि बिज्ञ डा. विष्णु चापागाइँले बिदेशमा सिकेको सीप देशविकासमा खर्च गर्न सबैसँग आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि कृषि विकास मन्त्री गौरीशंकर चौधरीले इजरायलले गरेको कृषि क्रान्तिबाट नेपालले सिक्नुपर्ने बताए । ‘नेपालको विकास गर्ने हो भने इजरायलबाट कृषिको विकासमा धेरै कुरा सिक्नुपर्छ र यसमा इजरायलमा सीप सिकेका नेपालीको सीपलाई देशले उपयोग गर्नुपर्छ’, मन्त्री चौधरीले भने । चौधरीले इजरायलबाट फर्किएर नेपालमा रहेका युवाहरु एकत्रित भएर अगाडि बढन लागेकोमा शुभकामना दिदैं युवाहरुबाट देशका लागि योगदान पुग्ने आशा राखेको बताए ।

त्यस्तै नेपालका लागि महामहिम इजरायली राजदुत मेयर यारोनले नेपालको विकासमा इजरायलले सहयोग गरिरहेको बताउँदै इजरायलमा सिकेको सीपलाई नेपालमा उपयोग गर्न र अरुलाई पनि सिकाउन आवश्यक रहेको बताए । ‘इजरायलले धेरै नेपालीलाई कृषिलगायतका क्षेत्रमा दक्ष बनाएको छ, अब त्यसलाई देशको हितमा उपयोग गर्नुस’ यारोनले भने ।

इजरायलका लागि पूर्व नेपाली राजदुत प्रल्हादकुमार प्रसाईँले इजरायल नेपालीका लागि उपयुक्त गन्तब्य रहेको बताउँदै इजरायलबाट धेरै कुरा सिक्न सहयोग पुगेको बताए । ‘धेरै नेपाली इजरायलमा गएर धेरै उपयोगी ज्ञान लिएर आउनुभएको छ, यसलाई अब उपयोग गरौं’, उनले भने ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले युवाहरुलाई आफुले सिकेको सीप नेपालको विकासमा लगाएर सुन्दर नेपाल निर्माण गर्न आह्वान गरे ।

कार्यक्रममा श्रीकृष्ण अधिकारीको कृषि पेशा सम्बन्धी आफ्ना अनुभव र नेपालमा भए गरेका व्यवसायिक पेसामा पेको समस्याहरूका बारे बताए । केयर गिभर सम्बन्धी विषयमा भुवन सिं कुँवरले बिचार व्यक्त गरेका थिए । कार्यक्रममा विशेष अतिथिमा कृषि विकास राज्यमन्त्री माननीय राधिका तामाङ, श्रम मन्त्रालयका सचिव विष्णु लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव रमेश प्रसाद खनाल, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता विश्वप्रकाश शर्मा, नेपाल राष्ट्र बैँकका गभर्नर चिरञ्जीवी नेपाल रहेका थिए ।

अतिथिहरूमा राष्ट्रपति कार्यालयका उपसचिव खडग प्रसाद दहाल, परराष्ट्र मन्त्रालयका अधिकृत रोशन खनाल, इजरायलबाट पिएचडी गरेर आउनु भएका कृषि बिज्ञ डा. विष्णु चापागाइ, एनआरएन आइसिसि इजरायलका पूर्व अध्यक्ष भुवन सिंह कुँवर, समाजसेवी, बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, समाजसेवी, बरिष्ठ कलाकार किरण केसी, समाजसेवी, बरिष्ठ कलाकार शिवहरि पौडेल, समाजसेवी तथा कलाकार देवि घर्ती मगर रहेका थिए ।

उक्त कार्यक्रममा मनोरञ्जनका लागि इजरायलबाट फर्कनुभएका भुपेन्द्र गुरूङ ज्यूले साङ्गेतिक समूहको व्यवस्था तथा प्रायोजन समेत गर्नुभएको थियो ।

आयोजक समितिका संयोजक खोजराज कटुवालको सभापतित्वमा भएको कार्यक्रममा गायन तथा, नृत्यका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिसमेत समावेश थियो ।@ खबरटाइम |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution