सुनचाँदीको सट्टा बारीमा फलेको करेला र गोलभेडाको गहना

काठमाण्डौं, भदौ ३० – हिन्दु नेपाली महिलाहरुको महान चाड तिज भर्खरै सकिएको छ । देखासिखीलाई बढवा दिने प्रचलन व्यापक रुपमा बढिरहेको बेला यसपालीको तिजमा पनि गहना गुरियाले छपक्कै भए नेपाली महिलाहरु ।
कतिले कमाएको पैसाले लगाए कतिले अरुलाई देखाउन ऋण खोजेर पनि गहना जोडे । तर एउटी महिला जसले सुनचाँदीको सट्टा आफ्नो बारीमा फलेको करेला र गोलभेडाको गहना बनाएर लगाइन ।
उनीसँग सुन लगाउने पैसा भएर पनि उनले तरकारीको माला लगाएकी हुन् भन्ने प्रष्ट देखिन्छ फोटोमा । सामान्य महिलामा यस्तो खाले चेतना कम नै हुन्छ । उनले चाहेको भए ऋण खोजर पनि सुन लगाउन सक्थिन् होला तर सामाजिक चेतना फैलाउने उदेश्यले उनले आफ्नै बारीको गोलभेलाको नौगेडी, करेलाको छड्के तिलहरी र फर्सिको बाला लगाइन ।
सुन लगाउन पाइएन भन्ने महिलाहरुको लागि यो गतिलो झापड बनेको छ । फेसबुकमा भेटिएकी यी महिला कहाँकी र के नामकी हुन् भन्ने चाँही पुष्टि हुन सकेको छैन । जे होस उनको यो प्रेरणादायिक काम सबैले सिक्नु जरुरी छ । संसार न्यूजबाट