प्रधानमन्त्री प्रचण्डलाई दिल्ली विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराज द्वारा स्वागत

काठमाडौं, ३० भदौ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् । दाहाललाई स्वागत गर्न स्वराजसहित भारत सरकारका विभिन्न सरकारी अधिकारीहरू उपस्थित थिए । बिहीवार नै दाहाल ४ दिने राजकिय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।