नयाँ शक्तिका संयोजक डा. भट्टराई दक्षिण कोरिया प्रस्थान

नयाँ शक्ति पार्टी नेपालको संयोजक डा.बाबुराम भट्टराई र प्रवास प्रादेशिक विभागका संयोजक नबराज सुवेदी आज दक्षिण कोरिया प्रस्थान गर्नु भएको छ | अन्तराष्ट्रिय नेपाली समाज , दक्षिण कोरिया (नयाँ शक्ति) द्वारा आयोजित विभिन्न कार्यक्रमलाई वहाँहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ |
कोरियाको कार्यक्रम सकेर १७ सेप्टेम्बर जापान प्रस्थान गर्ने कार्यतालिका रहेको प्रवास प्रादेशिक विभागका सह-संयोजक शंकर भण्डारीले जानकारी दिनु भएको छ |