हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको फाइल भेटिएन: सरकार

lok_man_singh_karki

सिंगो राजनीतिलाई नै तरंगित पारिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धी फाइल भूकम्पका कारण फेला पार्न नसकेको सरकारले जनाएको छ।

डिजिटल पत्रिका सेतोपाटीले बुधबार सार्वजनिक गरेको समाचार अनुसार सरकारले सर्वोच्च अदालतलाई त्यस्तो जवाफ पठाएको हो।
तर उक्त प्रकरणबारे प्रधानमन्त्री कार्यालयका कुनै अधिकारी औपचारिक प्रतिक्रिया दिन तयार भएनन्।

जाँच

प्रमुख आयुक्त कार्कीको नियुक्तिको वैधानिकता जाँच गर्ने बाटो खोल्न सक्ने एउटा निवेदनलाई लिएर सर्वोच्च अदालतले सरकारसँग फाइल पठाइदिन आग्रह गरेको थियो।

तर ‘विनाशकारी भूकम्पबाट क्षति पुगेर कार्यालय नयाँ भवनमा सरेको’ भन्दै प्रधानमन्त्री कार्यालयका सचिवले फाइल फेला पार्न नसकेको जवाफ पठाएको छ।‘फेला पर्नासाथ उपलब्ध गराउने’ उल्लेख गरिएको पत्रमा हस्ताक्षर गरेका सचिव महेन्द्रमान गुरुङले आफूलाई त्यसबारे जानकारी नै नभएको बीबीसीलाई बताए।

मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखा समेत हेर्ने सचिव गुरुङले त्यसबारे प्रवक्तालाई सोध्न आग्रह गरे।सचिव गुरुङले हस्ताक्षर गरेको पत्रबारे सोध्दा प्रवक्ता दामोदर रेग्मीको जवाफ थियो, “खै कसले पठायो त्यो पत्र मलाई थाहा छैन। मलाई लाग्छ बैठक महाशाखाको कार्यक्षेत्रमा पर्ने भएकाले त्यो महाशाखा पनि हेर्ने सचिवज्यूले सहि गर्नु भाको होला।”फेरी बारम्बार सचिव गुरुङलाई फोन गर्दा त्यसपछि भने उनले फोन उठाएनन्।

उनी मातहतको मन्त्रिपरिषद बैठक तथा संवैधानिक निकाय महाशाखाका प्रमुख बुद्धिबहादुर खडकासँग जानकारी खोज्दा उनले भने, “संवैधानिक परिषद्को सचिव मुख्यसचिव हुनुहुन्छ, चिठी त्यतै आउँछ, उहाँहरुले के गर्नु हुन्छ हामी संलग्न हुँदैनौं। आयो भन्ने मात्र सुन्या हो, मैले अरु विस्तृत पाइनँ।”उनले ‍औंल्याएका मुख्य सचिव सोमलाल सुवेदीसँग अवेर साँझसम्म प्रयास गर्दा सम्पर्क हुन सकेन।

पुनरावलोकन

प्रमुख आयुक्त कार्कीको नियुक्ति विरुद्ध परेको रिट खारेज गरिदिएको सर्वोच्चले त्यसबारे आफैले पुनरावलोकन गर्ने किन नगर्ने भन्नेबारे निर्णय दिन उक्त फाइल अध्ययनको निम्ति झिकाएको बताइन्छ।सामान्य प्रशासन मन्त्रालयले पनि सर्वोच्चलाई ‘पुरानो अभिलेख फेला पार्ने गरी व्यवस्थित रुपमा राखेको नपाइएको हुँदा भेटाउन नसकिएको’ जवाफ पठाएको छ।

चर्को विरोधका माझ प्रमुख आयुक्त बन्न सफल कार्की पछिल्ला महिना अलि धेरै नै विवादमा तानिएका छन्।उनीमाथि सरकारका विभिन्न अंगहरुलाई प्रभावित तुल्याएको वा त्यस्तो प्रयत्न गरेको आरोपका माझ पछिल्लो प्रकरणले त्यसलाई थप बल दिने ठानिएको छ। @ बीबीसीनेपालीसेवा  |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution