हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

मालपोतमा लालपुर्जा बनाउन चेपाङको भीड

chepag-malpot-maaभदौं २९, धादिङवेशी : २०७२ साल वैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण धुषाका अधिकांश चेपाङको घर भत्किएको छ । घर भत्किएको प्राविधिकहरुले सर्वेक्षण गरेर पुष्टि पनि गरिदिए । तर राज्यले दिने भनेको रकम लिनका लागि आफ्नो नाममा लालपुर्जा नभएपछि उनीहरु संकटमा परेका छन् ।

बाबुबाजेको पालादेखि भोगचलन गर्दै आएको जमिनमा रहेको घर आफ्नो नाममा नामसारी गर्नुपर्ने थाहा नै नभएकाले जग्गा नामसारी नगरी बसेको उनीहरुको पुस्तौँ भइसकेको छ । चारपाँच पुस्तासम्म अंशवण्डा नगरेका चेपाङहरु एकाएक अंशवण्डाका लागि मालपोत आउन थालेका छन् ।

आफ्नो नाउँमा लालपुर्जा नहुँदा भूकम्प पीडितले प्राप्त गर्ने राहत रकम नपाईने भएपछि धुषाका चेपाङहरु जग्गा नामसारीको लागि आजभोली जिल्ला मालपोत कार्यालयमा धाउन थालेका छन् । बाहु बाजेको नाममा भएको जमिन अंश–बण्डागरी आफ्नो नाममा नलिएका धादिङका चेपाङहरुले अहिले भने जग्गा अंश–बण्डागरी आ–आफ्नो नामसारीका लागि मालपोत र नापी कार्यालय धाउन थालेका हुन् । सरकारले भूकम्प पछिको पुन निर्माणका लागि दिने दुई लाख रुपियाँ सम्झौतामा सम्झौता गर्ने ब्यक्तिकै नाममा पुर्जा हुनु पर्ने भने पछी अहिले उनीहरुले पुस्तौदेखिको अंश बण्डा सुरु गरेका हुन् । यसरी बण्डा पत्र गर्नेहरुमा चार पाँच पुस्ता अघिदेखिको रहेको छ ।

जिजुबाजेकोे पालामा भएको जग्गाको पुर्जाको बारेमा जानकारी लिन, लालपुर्जा बनाउन के गर्नुपर्छ र कसरी बनाउनु पर्छ भने कु्राहरुको जानकारी लिन र मिलेसम्म लालपुर्जा नै बनाउन जिल्ला मालपोत कार्यालय आएको बुधबहादुर चेपाङ बताए । कतिपय चेपाङहरुको भने पुस्तौँदेखी खेतीपाती गर्दै आएको जमिनको पुर्जा नै नभएपछि समस्यामा परेका छन । जग्गा धनी पु्र्जाको आवश्यक पर्छ भनेर यसअघि केही जानकारी नपाएका चेपाङहरुले भने पुर्जा नभएपनि आफुले भोगचलन गर्दै आएको जमिनको स्वामित्व आफूलाई नै दिनु पर्ने माग समेत गरेका छन् ।

चेपाङ समुदायमा भने बाबुसँग छुट्टा भिन्न भएर बस्दा समेत कानुनी रुपमा अंश बण्डा गर्ने चलन नरहेको कारणले गर्दा पनि अहिले समस्या भएको धुषाका सोमलाल चेपाङले बताए । मालपोत कार्यालयमा बाउबाजेको नाममा रहेको जग्गाको बारेमा बुझ्न आएका कमल प्रजाले भने, ‘बाउ बाजेको पालादेखि नै लालपुर्जा बनाइउन तर अहिले चाहिने रहेछ त्यसैले लालपुर्जा बनाउन आएको हो ।’

भुकम्पले घर क्षति भएपछि लाभग्राहीको सूचीमा परेका धेरै जसो चेपाङ समुदायका मानिसहरुसँग आफ्नो नामको लालपुर्जा नहँुदा घर बनाउनको लागि संझौता नै गर्न पाएका छैनन् । जिल्ला मालपोतमा आएका धुषाका राम चेपाङले भन्नुभयो, ‘बाउ बाजेको नाममा रहेको लालपुर्जा आफ्नो नाममा सार्यो  भने मात्र भूकम्प पीडितले पाउने २ लाख नपाउने रहेछ, हामीसंग लालपुर्जा नहँुदा अहिले सम्म घर बनाउन भुकम्प पीडितको संझौता पनि गर्न पाएको छैन त्यसैले आफ्नो नाममा जग्गा नाममसारी गर्न मालपोतमा आएको छु ।’

कतिपय चेपाङहरुको बाजेकै नाममा लालपुर्जा रहेको र उनिहरुको बाबु बाजेको समेत मृत्यु भई सकेका कारण अहिले छोरा नातीको नाममा जग्गा नामसारी गर्न समस्या भएको छ । आफुले उपभोग गरेको जग्गा आफ्नै नाममा हुनुपर्छ र बाबुको नामबाट आफ्नो नाममा सार्नुपर्छ भन्ने चेतना भएसंगै उनीहरु लालपुर्जा बनाउन तर्फ अग्रसर भएका छन् ।

अज्ञानता र गरिवीका कारण समस्या भोग्दै आएका चेपाङ समुदायका मानिसहरु आफ्नो नाममा जग्गा जमिनको नामसारी गर्न केके प्रक्रिया पुरा गर्नुपर्छ र त्यसका लागि चाहिने आवाश्यक कागजातहरुको बारेमा समेत अन्योलमा रहेका छन् । अहिले जिल्ला मालपोत कार्यालय धादिङमा जमिन जग्गा नामसारी र अँश बण्डा गर्न आउने चेपाङ्ग समुदायका मानिसहरु दैनिक देखिने गरेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution