बाढीपहिरोले घरपरिवारबिहिन बनेकी छेमा पुन र श्यामी पुनलाई नयाँ शक्तिको सहयोग

– तेज श्रेष्ठ
भाद्र – २९ |अन्तर्राष्ट्रिय नेपाली समाज,इजरायलले नेपालमा परेको अविरल बर्षका कारण प्राकृतिक प्रकोप बाढीपहिरोले धेरैको धनजनको साथै परिवार गुमाउनु परेको पीडालाई केहि मलमपट्टि लगाउने उद्धेश्यले केही समय अघि बाढीपीडित अभियान चलाएको थियो | उक्त अभियानबाट संकलित रकम प्यूठान–फोप्ली वडा नं २ का छिमा पुन र वडा नं ३ का श्यामी पुनलाई हाल उनीहरु बसिरहनु भएको स्थान माइती नेपाल ,पिंगलास्थान गौशलामा नयाँ शक्ति पार्टीको प्रवास प्रादेशिक प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुबेधी र सह-संयोजक शंकर भण्डारीले जनही ४२ हजार पाँच सय (कुल ८५ हजार) नगद सहयोग हस्तान्तरण गर्नुभएको छ | यी बाढीपिडित नानीहरुको पठनपाठनमा केहि सहयोग पुगोस् भनि नयाँ शक्ति नेपाल प्रवास संगठन,अन्तर्राष्ट्रिय नपाली समाज इजरायलले अभियान संचालन गरि रकम पिडित द्वय कै बैक खातामा जम्मा गरिदिएको हो |पहिरो संगै आएको बाढीले आफ्ना परिवारका सबै सदस्य सहित घर बगाएपछि बास बिहिन , गास बिहिन भई अन्धकार र दुखपूर्ण जिन्दगीको यात्रामा रहेकी छेमा पुन र सोहि ठाउँका पिडित श्यामी पुनलाई अहिले माइती नेपालले आफ्नो संरक्षणमा राखेको छ |
आफन्तको घर (गाउँमा) गएर बसेकी हुनाले बाच्न सफल भएकी १६ वर्षीया वालिका छिमा पुनले आफ्नो परिवारका अन्य पाचै सदस्यहरु बुबा भुपाल पुन, आमा समेली पुन, भाई धन बहादुर पुन र बहिनीहरु लिला पुन, थमी पुनलाई गुमाएपछि उनी सहाराविहिन बनेकी हुन् | संचार माध्यमबाट यो खबर जानकारीमा आएपछि इजरायल अवस्थित नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तरास्ट्रिय नेपाली समाज इजरायलले बाढीपीडित सहयोग अभियान चलाएको थियो | सम्पूर्ण सहयोगदाताहरुलाई अन्तराष्ट्रिय नेपाली समाज इजरायल (नयाँ शक्ति) द्वारा सहयोगको लागि धन्यवाद आभार व्यक्त गरेको छ |
सो अभियानमा निम्न व्यक्तिहरु बाट निम्न अनुसारको रकम संकलन भएको थियो |
१.बि.बि लामा तामाङ -111 सेक्केल
२.तेज श्रेष्ठ – 125 सेक्केल
३.कुमार पौडेल – 111 सेक्केल
४.बिष्णु सिम्खडा – 101 सेक्केल
५.मधु चेम्जोंग – 107 सेक्केल
६.बि पी बास्तोला – 111 सेक्केल
७.दिपा श्रीस – 105 सेक्केल
८.डेभिड योन्जन – 111 सेक्केल
९.सुनिता योन्जन – 102 सेक्केल
१०.माला खनाल – 111 सेक्केल
११.तेन्जिंग शेर्पा – 102 सेक्केल
१२.अम्बिका सुबेदी – 101 सेक्केल
१३.ललितचन्द्र बजगाईं-111 सेक्केल
१४.दीप्मा तामांग – 101 सेक्केल
१५.माया गुरुङ – 55 सेक्केल
१६.नरेश कुमार – 51 सेक्केल
१७.जुनु राइ – 105 सेक्केल
१८.कमला कन्दङ्वा – 101 सेक्केल
१९.तारा ढकाल – 101 सेक्केल
२० .प्रकृति गुरुङ – 101 सेक्केल
२१. गोमा भुजेल – 101 सेक्केल
२२.राज छत्कुली – 50 सेक्केल
२३.अमिर घिसिंग तामांग – 100 सेक्केल
२४.कादम्बरी दाना श्रेष्ठ – 108 सेक्केल
२५.रत्न कुमारी योन्जन – 101 सेक्केल
२६.अनु गुरुङ – 101 सेक्केल
२७.निर्मला जिज्ञासु पौडेल – 50 सेक्केल
२८.लामु शेर्पा – 102 सेक्केल
२९.संजु तामांग (मोना ) – 102 सेक्केल
३०.दिपेन्द्र पौडेल – 51 सेक्केल
३१.रुपा के सी – 51 सेक्केल
३२.रोजी मोक्तान तामांग – 101 सेक्केल
३३.दावा योन्जन तामांग – 51 सेक्केल
जम्मा 3052 सेक्केल ( नेपाली रु .८५ हजार )