अन्तर्राष्ट्रिय नेपाली दलित शक्ति कतार (नयाँ शक्ति) को घोषणा

नयाँ शक्ति नेपालको कतार स्थित भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले अन्तर्राष्ट्रिय नेपाली दलित शक्ति कतारको घोषणा गरेको छ । घोषण तथा संदेश सभालाई सम्बोधन गर्न नयाँ शक्ति पार्टी कि सचिवालय सदस्य तथा दलित शक्ति नेपाल कि केन्द्रिय संचालक र पुर्ब नेपाल सरकारको राष्ट्रिय दलित आयोग कि अध्यक्ष समेत रहेकी श्रीमति शुसिला सिर्पालीको प्रमुख अतिथीको रुपमा सो घोषणामा पार्टी केन्द्रिय सदस्य तथा जनजाति नेतृ रीता गुरुङ पनि बिशेष अतीत पाल्नु भएको थियो ।
सो घोषणा सभामा पार्टी केन्द्रिय सदस्य तथा कतार संयोजक बि बि खराल रोशन र विभिन्न पार्टी संघसंस्था र पत्रकार अतिथिहरुको उपस्थित रहेको थियो । अन्तर्राष्ट्रिय नेपाली दलित शक्ति घोषणाका सभापति कृष्ण परियारको सभापतित्वामा भएको उक्त भेलाले अन्तर्राष्ट्रिय दलित शक्ति मध्यपुर्ब कमिटीको संयोजकमा कृष्ण परियारलाई बहुमतले संयोजक बनाइएको छ ।
५१ सदस्यीय कमिटी निर्माण गरेको छ भने सो भेलाले कतारबाट सल्लाहकारमा दुर्गा सुनार , बिजय सुन्दास ,देब परियार ,साउदीबाट रमेश लामघाडे र बहराइनबाट कुमार बिकलाई मनोनयन गरेको छ । स्वागतको क्रममा दलित शक्तिले आफ्नो पुरानो पहिचान नौमती बाजा गाजाका साथ स्वागत गरेको थियो । देशमा राजनिती परिवर्तन भएतापनि राज्य र राजनितिक दलले अहिले सम्म जातिय छुवाछूत र दलित प्रतिको विभेद ,हत्या र हिंसाको क्रम अहिले सम्म नरोकिएकोले अब नयाँ शक्ति नेपालको बिधान अनरुप हामी दलित प्रतिको दमन ,विभेद र गैरमानवीय व्यबहारको अन्त्यको निम्ति आफुहरु अब प्रबासबाट पनि लडाइँ गर्ने उद्घोष गर्ने भन्दै सम्पूर्ण दलित समुदायहरु एक हुन आग्रह गरेका थिए ।