निफमा अवार्ड बिजेता ‘सोरठी’ युट्युबमा

काठमाडाैं-हिमाल पुनद्वारा निर्देशित वृत्तचित्र सोरठी हालै युट्युबमा सार्वजनिक भएको छ । यो वृत्तचित्र गण्डकी अञ्चलका गुरूङ र मगर समुदायमा निकै प्रख्यात नाच ‘सोरठी नाच’को बारेमा हो |
पुरानो समयमा सोरठीको अर्थ सोह्र ओटा सुन्दर रानीहरु भन्ने हुन्थ्यो । यो नाच ठूलो समूहमा नाच्ने गरिन्छ । दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न यो नृत्य गर्ने गरिन्छ । पन्ध्र वटा रानी र एक राजकुमारी गरी सोह्र स्त्रीहरूसँग सम्बन्धित भएकाले सोह्र वटीभन्दा भन्दै सोरठी भएको भन्ने भनाइ छ ।
सोरठीले निफ अर्थात् नाशिक इन्टरनेसनल फिल्म फेस्टिवल २०१३ मा सेकेन्ड रनर अपको अवार्ड पाउन सफल भएको छ । भारतका चित्रपत्माहर्शी दादासहेब फल्केको जन्मस्थान नाशिकमा उक्त फिल्म फेस्टिवल हरेक बर्ष आयोजना हुने गर्दछ ।
ब्ल्याक फिल्म्सको प्रस्तुतिमा बनेको सोरठीमा शशिराम काउचा र निरज पुनलाई फिचारिंग गरिएको छ । चलचित्रमा सोरठी नाच तथा नाचमा प्रयोग गरिने सांगीतिक बाजासंग संलग्न व्यक्तित्वहरुसंगको अन्तर्वाता समेटिएको छ ।