हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

वैदेशिक रोजगारीको विषयमा बनेको ‘छक्कापन्जा’

6aka-5nja

काठमाडौँ, भदौ २८ गते । यसअघि वैदेशिक रोजगारीका विषयमा बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएका, पैसा नकमाएका यस्तै विषय प्राथमिकताका साथ समेटिएका हुन्थे । तर शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हास्यकलाकार दीपाश्री निरौलाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘छक्कापन्जा’ले भने थोरै भिन्न विषयलाई केन्द्रविन्दु बनाएको छ ।

पूर्ण हास्यरसमा बनाइएको चलचित्रमा वैदेशिक रोजगारीपछि गाउँघरमा उत्पन्न हुने विकृतिलाई देखाइएको छ । कथा मूलतः सुदूरपश्चिम क्षेत्रको एउटा गाउँमा केन्द्रित छ । सोही क्षेत्रको भाषा शैलीलाई संवादमा अपनाइएको छ ।

कथा यस्तो छ — रजौटा खानदानमा हुर्किएको ‘भगवान्’ आफूलाई अझै राजा नै मान्छ । उसका उरन्ठेउला साथीहरुले उसलाई राजा नै भनेर बोलाउँछन् । द्वन्द्वका बेला उसले बाबु गुमाउनुपरेको छ । विधवा आमा एक्ली छिन् । तर उसलाई त्यसको केही पर्वाह छैन । ऊ केही काम गर्दैन । जागिर पनि खान मन गर्दैन । पुर्खौली सम्पत्ति प्रशस्त भएको ऊ साथीहरुका लागि रक्सी र गाँजामा जति पनि पैसा खर्च गर्छ र आफ्नो पछि–पछि उनीहरुलाई लगाउन बाध्य गराउँछ ।

आफू पनि बिहे नगर्ने र साथीहरुलाई पनि गर्न नदिने ऊ केही साथीको भएको घरबार पनि भाँड्ने खालको हुन्छ । बिहे नगरे पनि ऊ ‘छक्कापन्जा’मा भने रमाउने खालको हुन्छ । जिन्दगीभर औपचारिक बिहे विरोधी भगवान् अन्ततः कसरी बिहेको चङ्गुलमा फस्छ र त्यसपछि उसले कस्ता उतार–चढाव भोग्छ, त्यो चलचित्रले बताउँछ ।

चलचित्रको मूल सन्देश अरूको जीवनमा छक्कापन्जा गर्दा आफ्नो जीवनमा पनि छक्कापन्जा आइलाग्छ भन्ने हो । त्योबाहेक गरिबी र बेरोजगारी तथा समाजमा बढेको देखासिकीका कारण बाध्य भएर विदेसिनु परेका युवाका पीडा पनि यसमा छन् ।

निर्देशक निरौला वैदेशिक रोजगारीको कथा नै खोज्ने क्रममा यस्तो चलचित्र बनेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपाली युवा विदेश जानेक्रम बढेसँगै देशमा रेमिट्यान्स त भित्रिएको होला तर त्योभन्दा धेरै समाजलाई क्षति पुगेको छ, यस्तै वास्तविकता यसमा देखाउन खोजिएको हो ।”

करिब दुई घन्टा १५ मिनेट लामो यो चलचित्रको अवधिभर दर्शकले प्रायः हरेक संवादमा खित्का छोड्न बाध्य हुन्छन् । कथा, पटकथा, अभिनय, सङ्गीत आदि धेरै पक्षमा अब्बल भएपनि चलचित्रको सबैभन्दा सबल पक्ष संवाद नै हो । चलचित्र चर्चित हास्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको टोलीले निर्माण गरेका भएर पनि होला यो हाँसोमय बनेको छ । चलचित्र गिरी, निरौला र निर्मल शर्मासहितको हास्यकलाकारको टोलीले निर्माण गरेको हो ।

त्यस्तै, चलचित्रमा गिरी, प्रियङ्का कार्की, जितु नेपाल, नम्रता सापकोटा, शिवहरि पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, करुणा कार्की आदि कलाकारले पनि अभिनय गरेका छन् । त्यस्तै, आर्यन सिग्देलले अतिथि कलाकारको भूमिका निर्वाह गर्दा निर्देशक निरौलालाई पनि छोटो दृश्यमा देख्न सकिन्छ ।

प्रायः हास्य कलाकारले खेलेका हुनाले होला चलचित्रका हरेक संवादमा दर्शक खित्का छोडेरै हाँस्छन् । यो निरौलाले पहिलोपटक निर्देशन गरेको चलचित्र हो । तर निर्देशनमा नाम नआए पनि गिरीको बुद्धि र अनुभव उत्तिकै मिसिएको जानकार बताउँछन् । संवादमा पनि सफल हास्य टेलिशृङ्खला ‘तीतो सत्य’ र त्यसका निर्देशक गिरीको झल्को प्रशस्त आउँछ । त्यसैले भन्न सकिन्छ ‘यसमा निरौलालाई गिरीको सहयोग पक्कै भएको छ’, भन्छन् चलचित्र समीक्षकहरु ।

आइतबार साँझ राजधानीको सिटी सेन्टरमा भएको विशेष प्रदर्शनीमा राजनीतिज्ञ, व्यवसायी, चलचित्रकर्मी, समीक्षक, पत्रकारगरी सबै क्षेत्रमा व्यक्ति चलचित्र हेर्न पुगेका थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिँदै भन्नुभयो, “फुर्सद मिलेमा म त फेरि दोहो¥याएर हेर्न आउँछु ।”

त्यस्तै, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भन्नुभयो, “धेरैपछि चलचित्र हेर्न हलमा आएको पेट मिचीमिची हाँसेँ ।” यसअघि यही टोलीले बनाएका चलचित्र ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ले सफलता पाइसकेकाले यो पनि सफल हुने अनुमान चलचित्र समीक्षकले गरेका छन् ।

चलचित्रमा कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायाङ्कन, विपीन मल्लको सम्पादन तथा दीपक शर्मा र राजनराज शिवाकोटीको सङ्गीत छ । यसको ‘पूर्वपश्चिम रेल’ बोलको गीत चलचित्र प्रदर्शनअघि नै बहुचर्चित बनिसकेको थियो । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution