राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो

२८ भदौ, काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले विभिन्न पदमा २ सय ४९ जनाका लागि दरखास्त आहृवान गरेको छ । बैंकले जागिरका लागि गरेको आहृवानमा ‘प्लस टु’देखि स्नातकोत्तर उत्तिर्णसम्मले दरखास्त दिन सक्नेछन् ।
इच्छुक उमेद्वारले ३० दिन अर्थात् असोज २८ गतेभित्र सिंहदरबार अगाडि रामशाहपथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दरखास्त बुझाउनुपर्ने हुन्छ । दोब्बर दस्तुर तिरेर थप ७ दिन आवदन फारम बुझाउन सक्ने बैंकले जनाएको छ । बैंकको वेवसाइड www.rbb.com.np मा गएर क्यारियर नोटिस बाट आवेदन फारम डाउनलोड गरी भर्न सकिने छ । तर, बुझाउन भने बैंकमै जानुपर्छ ।
लिखित परीक्षा लोक सेवा आयोगले लिने भएकाले उम्मेदवारहरुबीच प्रतिस्पर्धा गरी बढी अंक प्राप्त गर्नेलाई छनोट गरिने छ । लिखित परिक्षा पास गरेकाहरुलाई बैंकले मौखिक परीक्षा पनि लिनेछ ।