हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

प्रचण्डलाई बाबुरामको सुझावः भारतसँग ‘भीख’ नमाग्नुस्, फास्ट ट्र्याक आफैं बनाऔं

brbwithpmprachanda

२८ भदौ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आर्थिक विकासका लागि भारतसँग अनुदान सहयोग नमाग्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

भारत जान लागेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर नयाँ शक्तिका नेता एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईले १० बुँदे सुझाव दिएका छन् ।

भट्टराईले यो भ्रमणका क्रममा आर्थिक विकासका लागि भारतसँग अनुदान (भीख) नमाग्न सुझाव दिएका छन् । ‘आर्थिक विकास निम्ति विदेशीसँग भीख माग्ने युग पुरानो भइसक्यो । अब तीब्र वेगमा आर्थिक क्रान्तिका लागि हामीले कसैसँग अनुदान सहयोग होइन ऋण सहयोग, पूँजी लगानी र व्यापार सम्बन्धमा जोड दिनुपर्छ,’ नयाँ शक्तिको सुझाव छ, ‘भारतसँग पनि हामीले त्यसै गर्नुपर्छ ।’

ठूला भौतिक पूर्वाधार योजना सफ्ट लोन लिएर आफैं निर्माण गर्ने नीति लिनु पर्ने भन्दै उसले भारतीय वा अन्यत्रबाट सफ्ट लोन लिएर बहुचर्चित काठमाडौं-निजगढ फाष्ट ट्रयाक नेपालले नै बनाउनु पर्ने भट्टराईको सुझाव छ ।

प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुसँग गरेको छलफलको क्रममा नयाँ शक्तिले आफ्नो लिखित सुझाव बुझाएको हो ।

भारतसँग तत्काल थप परियोजना निम्ति सम्झौता गर्नुभन्दा भारतीय लगानी, अनुदान र ऋण सहयोगमा निर्माणाधीन हुलाकी सडक, पञ्चेश्वर लगायतका आयोजना तोकिएको समयमा पूरा गर्न जोड दिनु पर्ने नयाँ शक्तिको सुझाव छ ।

नयाँ शक्ति नेपालले नेपाल भारतबीच देखिएको असमझदारीलाई प्रवुद्ध समूहबाट पहल गर्नु पर्नेमा जोड दिएको छ । दोस्रो विश्वयुद्ध र शीतयुद्धकालीन अवधारणाहरु बोकेर नेपाल-भारत सम्बन्ध सुमधुर बनाउन कठीन हुनेछ, उसले भनेको छ ।

नयाँ शक्ति नेपालले सुस्ता र कालापानीको विवादलाई थाँती राखेर नेपाल-भारत सीमाना स्टि्रप नक्सामा हस्ताक्षर नगर्न सुझाव दिएको छ । साथै लिपुलेकमा नेपालको दावी जाहेर गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको छ ।

भारतसँगको ब्यापार घाटा डरलाग्दो ढंगले बढेको भन्दै नयाँ शक्तिले भारतले लगाएको अतिरिक्त भन्सार, ननट्यारिफ, पाटा टारिफ तथा क्वारेन्टाइन बन्देज हटाउन पहलको माग गरेको समाचार अनलाइनखबरमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution